विश्वभरका १८८ देशमा आंतक मच्चाइरहेको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिएको छैन। संक्रमण फैलन सक्ने उच्च जोखिममा भने छ। यही जोखिमलाई मध्यनजर गर्दै सरकारले जनतालाई आंतकित नबन्न तर सुरक्षित हुन अनुरोध गरेको छ। एक साताका लागि देशनै लकडाउन गरिएको छ। घरबाट बाहिर ननिस्कन, सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ। कोही मानिस कोरोना प्रभावित देशबाट आएको छ…