मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा अलपत्र परेका नेपालीको उद्धार सरकारले तत्काल गर्नुपर्छः सासंद बिष्ट

भारतमा अलपत्र परेका नेपालीको उद्धार सरकारले तत्काल गर्नुपर्छः सासंद बिष्ट


कमल रावल, चैत २१ अछाम |

प्रतिनिधी सभा सदस्य राम बहादुर बिष्टले भारतमा अलपत्र परेका नेपाली दाजुभाईको सरकारले तत्काल उद्धार गर्नुपर्ने बताउनु भएको छ ।

अन्य देशको आग्रहमा सरकारले हवाईजहाज चार्टर गरेर पठाएपनि आफ्ना देशका नागरिक प्रति सरकार चिन्तित नभएको गुनासो गर्नु भएको थियो । लकडाउनका समयमा थुप्रै नेपाली दाजुभाईहरु सिमानाकामा अलपत्र परेकाले सरकारले तत्कालै उनिहरुलाई उद्धार गरि नेपाल ल्याउनु पर्ने बताउनु भयो ।

सासंद बिष्टले सिमानाकामा पुगेका नेपालीले आफ्नो देशमा आउनु पाउने अधिकार भएकाले सरकारले उद्धार गरेर ल्याएर स्वास्थ्य चेकजाँज गरि सम्बन्धीत स्थानिय तहको जिम्मा लगाएर क्वारेन्टाईन राख्ने प्रबन्ध मिलाउनु पर्ने बताउनु भयो ।

नेपाल सरकारले भारत सरकारसंग कुटनितिक पहल गरि चाँडै नेपालिलाई न्याय दिनसक्नु पर्नेमा उहाँको जोड रहेको थियो । थुप्रै उपकरण सामाग्रीको अभाबमा विकट गाउमा स्वास्थ्यकर्मि खट्रिहेकाले केन्द्र सरकारले तत्काल सबै ठाउमा सामाग्री उपलब्ध गराउनु पर्ने बताउनु भयो ।

अछामका समस्याका बारेमा नियमित स्थानिय तहका जनप्रतिनीधीसँग आफ््नो टेलिफोन संवाद भईरहेकाले सिमीत स्रोत साधनमा थुप्रै कार्य गरिरहेकाले केन्द्र सरकारले बजेट थन्काएर राख्नु भन्दा प्रत्येक स्थानिय तहमा उचित बजेटको ब्यास्थापना गर्नु पर्ने बताउनु भयो ।

आफुले प्रतिनिधित्व गर्ने पार्टि नेपाली काग्रेस यतिबेला सरकारले गरेका हरेक काममा साथ दिन तयार भएकाले सरकार पुर्ण रुपमा देश र जनता प्रति चिन्तित हुनु पर्ने बताउनु भयो । सरकारले गरेको लकाडाउन स्वागत योग्य भएको भन्दै यसको पालना गर्न सबैलाई उहाँले आग्रह समेत गर्नु भएको थियो ।