मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन आफु र आफ्नो पार्टी क्रियाशिल छ : कांग्रेस उपसभापति ढुंगाना

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन आफु र आफ्नो पार्टी क्रियाशिल छ : कांग्रेस उपसभापति ढुंगाना


अछाम । नेपाली कांग्रेस अछामका उपसभापति चन्द्र प्रसाद ढुगानाले अहिलेको विषम प्रस्थितिमा सबैले राजनितिक दल भन्दा माथि उठेर काम गर्नु पर्ने वताउनु भएको छ । यो समयमा विरोध गर्नु भन्दा पनि सबैले आ–आफनो ठाउँबाट सक्दो सहयोग गर्न उहाँले आग्रह गर्नु भएको छ ।

यूवा नेता ढुंगानाले स्थानिय जनप्रतिनिधिले तलब भत्ता लिन हुन्न, जनप्रतिनिधि त सेवा गर्ने पद हो भन्ने सरकारले प्रदेश देखि संघसम्म र राष्ट्रपति देखि प्रधानमन्त्री, मन्त्री सम्मका सम्पूर्ण राजनीतिबाट स्थापित जनप्रतिनिधिले तलब भत्ता सरकारी सुबिधा नलिने घोषणा गरेको भय राम्रो हुने थियो कि ? राज्यलाई आर्थिक व्ययभार कम हुने र बचेको रकम जनताकालागि खर्च गर्न सकिन्थ्यो होला ? भन्ने प्रश्न गर्नु भयो ?

कांग्रेस उपसभापति तथा युवा नेता ढुगानाले सरकार जनताको अभिभावक भएकाले जनताको सम्पुर्ण जिम्मेवारी सरकारले लिनु पर्ने वताउनु भयो ।

अद्योग वाणिज्य संघ अछामका पूर्व अध्यक्ष समेत रहेका ढुंगानाले सरकारले यथाशीघ्र सबैखाले महत्त्वपूर्ण साधन लगायत श्रमजीवी र विपन्न परिवारका लागि राहत तथा स्वास्थ्य क्षेत्रको लागि तत्काल अति आवश्यक सामाग्रीहरु जुटाई कोरोना भाइरसद्वारा संक्रमित र शंकास्पदहरुको परिक्षण र उपचार गराउन समेत अनुरोध गर्नु भयो ।

यस्तै ढुंगानाले यस सम्भावित जोखिमको परिस्थितिलाई दृष्टिगत गर्दै, आफ्नै घरमा रही सरकारद्वारा घोषित “लकडाउन“ अवधीको पूर्णरुपमा पालनागर्न सम्पुर्णमा आग्रह गर्नु भयो ।

यस्तो विषम परिस्थितिमा देशलाई हरेक नागरिकको सहयोगको खाँचो रहेको बताउँदै उहाँले विश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन आफ्नो पाटि र आफु जनताको सेवामा समर्पित रहेको उहाँको भनाइ छ।