मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले आफ्ना नागरिक लाई पनि अन्याय गर्यो : कांग्रेस नेता कुवँर

सरकारले आफ्ना नागरिक लाई पनि अन्याय गर्यो : कांग्रेस नेता कुवँर


अछाम : नेपाली कांग्रेस अछामका महासमिति सदस्य बलबहादुर कुवरले अहिलेको विषम प्रस्थितिमा सबैले राजनितिक दल भन्दा माथि उठेर काम गर्नु पर्ने वताउनु भएको छ ।

नेता कुवरले  ‘विश्वभर फैलिएको कोरोना भाइरसबाट सुरक्षित रहन र लकडाउन सरकारले ल्याएता पनि यो आफ्नै लागिहो भन्ने बुझेर यसको सहि रूपमा पालना गर्नु पर्ने बताए ।

सीमापारीबाट आफ्नो देश फर्कन पाउनुपर्छ भन्दै नाराबाजी गर्दा समेत सरकार मौन भएकोले आफ्ना नागरिकप्रति सरकार गैरजिम्मेवार  बनेको उनले आरोप लगाए ।

जनतालाई आफनो स्वदेशमा फर्काउने जिम्मेबारी सरकारको  भएकोले  सरकारले यो समयमा गम्भीर भएर जनताका लागी लाग्नुपर्ने बताए । 

एक फरक प्रसङ्गमा उनले भने ,सरकार एक पछि अर्को गर्दै बिबादमा मुछिदै गएकोले सरकार प्रति  जनताको बिस्वास गुम्दै गएको छ ।

सरकारले यस्तो विपतको बेलामा पनि स्वास्थ्य सामाग्री ल्याउदा कमसल खालको ल्याउनु बजार मूल्य भन्दा बढी तिरेर ल्याउनुमा  सरकार एकपछि अर्को गर्दै भ्रस्टाचार तर्फ उन्नमुख भएको बताए ।