काठमाण्डौँ ।
नेपाली कांग्रेसका नेता गगन कुमार थापाले आफ्नो आफ्नो १५ दिनको साँसद पारिश्रमिक कोरोना प्रकोप व्यावस्थापन कोषमा जम्मा गर्ने घोषणा गर्नु भएको छ ।
यूवा नेता तथा प्रतिनिधी सभा सदस्य थापाले बुढानिलकण्ठ नगरपालिकाले स्थापना गरेको कोरोना प्रकोप व्यावस्थापन कोषमा पैसा जम्मा गर्ने घोषणा गर्नु भएको हो ।
कोरोनाको प्रकोपको व्यावस्थानमा राहात पुगोस भनेर आफ्नो १५ दिनको पारिश्रमिक सोही खातामा जम्मा गर्ने घोषणा गर्दै बुढानिलकण्ठबासीलाई समेत सहयोगको लागि सांसद थापाले आग्रह गर्नुभएको छ ।
बुढानीलकण्ठ नगरपालिकाले काेराेना संग लड्न प्रकोप व्यवस्थापन कोष बनाएको छ। मेरो १५ दिनको सांसदको पारिश्रमिक यहीँ जम्मा गर्ने भएको छु।बुढानीलकण्ठ निवासी सहयोगी हातहरूलाई प्रकोप व्यवस्थापन कोस,प्रभु बैंक हात्तीगाैंडा,खाता न-१२००२०९५२६२५०००००६ मा सहयोग गरिदिनुहुन आग्रह गर्दछु। pic.twitter.com/nTZJtnys5J
— Gagan Thapa (@thapagk) April 4, 2020
प्रतिक्रिया