मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो

एकै दिन ५ सय २९ संक्रमित


कोरोना भाइरसबाट भारतमा पछिल्लो २४ घण्टामा ५२९ नयाँ संक्रमित भेटिएका छन्। हालसम्म त्यहाँ कुल संक्रमितको संख्या ३ हजार ५८८ पुगेको छ।

वल्र्डो्मिटर्सका अनुसार अहिलेसम्म भारतमा ९९ जनाको कोरोनाका कारण मृत्यु भएको छ। शनिबार भारतमा एकै दिन १३ जनाको मृत्यु भएको छ।

भारतमा कुल संक्रमितमध्ये २२९ जना उपचारपछि निको भएका छन्। बाँकी ३ हजार २६० जना उपचाररत रहेको वल्र्डो्मिटर्सको तथ्यांकमा जनाइएको छ।