मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री अस्पताल भर्ना


बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएको छ। बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार डाक्टरको सलल्लाहपछि प्रधानमन्त्रीको केही परीक्षण गर्न अस्पताल भर्ना गरिएको हो। सावाधानी अपनाउने उद्देश्यसहित यी परीक्षण गर्न लागिएको बताइएको छ।

बोरिसमा १० दिन अघि कोरोनाभाइरसको संक्रमण देखिएको थियो। त्यतिबेलादेखि उनी आइसोलेशनमा बसिरहेका छन्। यद्यपि, आइसोलेशनमा रहँदासमेत उनले आफ्नो काम कारवाही रोकेका छैनन्। विभिन्न सावधानी अपनाउँदासमेत कोरोनाभाइरसको लक्षण भने लगातार देखिएको बताइएको छ।– एजेन्सी