मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिड-१९ का सन्दर्भमा पत्रकार महासंघको डिजिटल सम्वाद

कोभिड-१९ का सन्दर्भमा पत्रकार महासंघको डिजिटल सम्वाद


काठमाण्डौ  – नेपाल पत्रकार महासंघले कोरोनाको जोखिम र लकडाउनका बीच पत्रकारिता र यसको चुनौतीका विषयमा डिजिटल सम्वाद कार्यक्रम आयोजना गरेको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा र महासंघको डिजिटल मिडिया समितिको संयोजनमा भएको सम्वाद कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले कोरोना महामारीमा पत्रकारहरु अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने भएकाले उच्च जोखिममा रहेको बताउनुभयो ।

उहाँले अहिलेको विषम परिस्थितिमा पत्रकारले सत्यतथ्यमा आधारित रहेर जिम्मेवार पत्रकारिता गर्नुपर्ने बताउनुभयो । उहाँले विशेष राहत प्याकेज घोेषणा गर्न पनि सरकारसँग माग गर्नुभयो । 

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सञ्चारकर्मीलाई आचारसंहिता पालनामा गम्भीर हुन आग्रह गर्नुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले संकटका बेला पत्रकारहरु पारिश्रमिकबाट वञ्चित भएको बताउदै श्रमजीवी पत्रकार थप समस्यामा परेको बताउनुभयो ।

डिजिटल सम्वादमा महासंघका पूर्व सभापति डा सुरेश आचार्य, पूर्व अध्यक्ष शिव गाउँले, महासंघका महासचिव रमेश विष्ट, प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहाल, नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल, महासंघका प्रदेश अध्यक्ष एवम् उपाध्यक्षहरु, अनलाइन पत्रकार संघका पूर्व अध्यक्ष प्रवेश सुवेदीलगायतले धारणा राख्नुभएको थियो ।