मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काेभिड १९ : १९ लाख ९२ हजारभन्दा धेरै सङ्क्रमित, चार लाख ६७ हजार निकाे भए

काेभिड १९ : १९ लाख ९२ हजारभन्दा धेरै सङ्क्रमित, चार लाख ६७ हजार निकाे भए


काठमाण्डाै – विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) का कारण १९ लाख ९२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । 

कोभिड १९ बारे विश्वभरिको तथ्याङ्क सार्वजनिक गर्दै आएको वल्डाेमिटरका अनुसार अहिलेसम्म याे भाइरसबाट १९ लाख ९२ हजार एक सय जना सङ्क्रमित भइसकेका छन् । एक लाख २० हजारभन्दा धेरैकाे ज्यान गएकाे छ । 

सङ्क्रमितमध्ये चार लाख ६७ हजार दुई सयभन्दा धेरै उपचारपछि निको भएका छन् भने १३ लाख ९८ हजारको उपचार भइरहेकाे छ, जसमध्ये ५१ हजारभन्दा धेरैको अवस्था गम्भीर छ ।

पछिल्लो एक दिनमा अमेरिकामा दुई हजार दुई सय ८४ जनाको ज्यान गएको छ भने २४ हजार दुई सय १५ नयाँ बिरामी थपिएका छन् । योसँगै अमेरिकामा कोरोनाका कारण २५ हजार ९ सयभन्दा धेरैकाे ज्यान गएकाे छ । त्यस्तै ६ लाख ११ हजार १ सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लाे २४ घण्टामा बेलायतमा सात सय ७८ र फ्रान्समा सात सय ६२, इटलीमा ६ सय दुई र स्पेनमा तीन सय जनाको ज्यान गएको छ । जसका कारण इटलीमा २१ हजारभन्दा धेरै, स्पेनमा १८ हजारभन्दा धेरै, फ्रान्समा १५ हजारभन्दा धेरै र बेलायतमा १२ हजारभन्दा धेरैको ज्यान गएको छ ।

भारतमा एक दिनमा ३५ जनाको ज्यान गएको छ भने एक हजारभन्दा धेरैमा सङ्क्रमण देखिएको वल्डाेमिटरले जनाएको छ । – unn