मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेनको राहत कोषमा सहयोग जुट्दै

मंगलसेनको राहत कोषमा सहयोग जुट्दै


कमल रावल, बैशाख ४ अछाम

मंगलसेन नगरपालिकाले स्थापना गरेको कोरोनाभाईरस संक्रमण, रोकथाम तथा उपचार प्रकोप ब्याबस्थापन कोषमा हालसम्म २ लाख बढि नगद रकम जम्मा भएको छ ।

नगरपालिकाले नगरबाट ३० लाख रकम विनियोजन गरि कोष स्थापना पछि अहीले ब्यक्तिगत तथा संस्थागत रुपमा राहत कोषमा आर्थिक रकम जम्मा हुन थालेको हो । हालसम्म मंगलसेन नगरपालिकाको राहत कोषमा २ लाख ८ हजार ४ सय २० रकम नगद जम्मा भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले ब्यक्तिगत रुपमा १ लाख ५ हजार जम्मा गरेर अभियानको थालनि गरेपछि अहीले राहत कोषमा रकम जम्मा गर्ने संख्या बढिरहेको छ ।

राहत कोषमा मंगलसेन बजारमा रहेको फुलेश्वर फर्निचर उद्योगका संञ्चालन अरुण कुमार शर्माले ५५ हजार ५ सय ५५, केपि स्टोरका संञ्चालक वेदराज ढुगाँनाले २५ हजार ५ सय ५५, भुवन स्टेशनरि स्टोरका संञ्चालक भिम बहादुर रावल र ईश्वर रावलले १५ हजार ५ सय ५५, लक्ष्मी होटलका संञ्चालक नेत्र बहादुर शाहीले ५ हजार १ सय ५५, उत्पिडित उत्थान तथा चेतना बिकास मंञ्च अछामले ५ हजार १ सय र प्राकृतिक स्रोत द्धोन्द्ध रुपान्तरण केन्द्र नेपालमा कार्यरत टँक भण्डारीले १ हजार रकम घोषणा सहीत राहत कोषमा जम्मा गर्नु भएको छ ।

त्यसैगरि जिन्सि रुपमा भाानुज फर्निचर उद्योग मंगलसेनका संञ्चालक बिष्णु स्वारले १० थान कम्मल नगरलाई हस्तान्तरण गर्नु भएको छ । यसरी नगरपालिकालाई खुल्ला हृदयले सहयोग गर्ने सबैलाई हार्दिक बधाई सहीत नगरले धन्यवाद ज्ञापन गरेको प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले बताउनु भयो । नगरले यतिबेला सबै क्षेत्रबाट सहयोगको अपेक्षा राखेकाले नगद, अथवा जिन्सी लगाएत खाद्यान्न सामग्री वितरणमा दोहोरोपना नपर्ने गरि एकरुपता ल्याउनका लागि नगरपालिकालाई हस्तान्तरण गरि सहयोग गरिदिन नगर प्रमुख पदम बहादुर बोहराले आग्रह गर्नु भयो ।

नगरपालिकाले प्रत्येक वडाबाट राहत पाउने ब्यक्तिको लिष्ट प्राप्त गरिसकेकाले खाद्यान्न लगाएतका सामाग्री सहयोग गर्ने ब्यक्तिलाई समेत नगरपालिकाको कोष मार्फत सहयोग गरिदिन अनुरोध गर्नु भएको छ ।

देश तथा विदेशमा रहेका हरेक ब्यक्तिले नगरपालिकाको राष्ट्रिय वाणिज्य बैँक मंगलसेन रहेको प्रकोप ब्याबस्थापन कोषको हिसाब नम्बर ४२६०३०५०४९४०२ मा जम्मा गर्न सक्ने नगरपालिकाका खरिदार नरेश बहादुर कठयतले बताउनु भयो ।

नगरपालिको कोषमा नगरपालिका जनप्रतिनीधीले ५ वटा बैठक बराबरको भत्ता र नगरका कर्मचारीको ३ दिन बराबरको तलब जम्मा गरिएको छ भने यतिबेला मंगलसेन नगरपालिका वडा नम्बर १, ३ र १४ ले वडामा राहत कोष स्थापना गरिसकेका छन भने वडा नम्बर १२ का प्रबासमा रहेका दाजुभाईले कोष बनाएर राहत सँकलन कार्य अघि बढाईरहेका छन ।