मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘जा चिठ्ठी खबर ल्याइ्दे, बम्बई शहरको’

‘जा चिठ्ठी खबर ल्याइ्दे, बम्बई शहरको’


  • हिम बिश्वकर्मा

ब्यान्दीलै मालुकाग बास्दो, घर मुथी पाखा ।
देलावसी कुकुर भुक्दो, करुणबनाई डाका ।।

खबर छैन परदेशीको, सुखी छन कि दुखी ।
राती मन वैराग डुल्लो, नींद लाग्दैन मुकी ।।

शहरपुरै बन्द भयो, खाना काँ खाँदा हुन ।
होटलको नौकरी छियो, सुत्नका जाँदा हुन ।।

जा चिठ्ठी खबर ल्याइ्दे, बम्बई शहरको ।
रैवार पायाँ मन थाम्मेला, चल्या लहरको ।।

केटाकेटी, लालाबाला कैका जिम्मा साँचु ।
सपनी नराम्रा देख्दो, मु मरु की बाँचु ।।

कालिका, चण्डिका देवी मालिका भवानी ।
कतै दुःख जन दियाँ, फूल खेल्लो जवानी ।।

अछाम, ४ बैशाख |