मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीमती सम्झिनेले आमा सम्झिन सक्दैन ?

श्रीमती सम्झिनेले आमा सम्झिन सक्दैन ?


  • नकुल पौडेल

आखिर सम्झिनै चाह्यो भने किन सक्दैन !
श्रीमती सम्झिनेले आमा सम्झिन सक्दैन?

अब एउटै चिन्ता छ देश नेताको हातमा छ
सलाई त माथी छ बच्चा उक्लिन सक्दैन।

निको भए उसलाई दुख्छ नभए मलाई दुख्छ
एउटा घाउ छ जो चाहेर पनि पुरिन सक्दैन।

यो संसार देख्ने आँखा किन यति सानो छ ?
जहाँ एक थोपा आँसु पनि अडिन सक्दैन।

म प्रेममा यति पटक मरेको प्रमाण दिन सक्छु
बिमा कम्पनीले पनि क्षतिपूर्ति दिन सक्दैन !

© Nakul Poudel