मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीमा जाँच्दा दुई जनामा कोरोना पोजेटिभ, काठमाडौ जाँच्दा नेगेटिभ

धनगढीमा जाँच्दा दुई जनामा कोरोना पोजेटिभ, काठमाडौ जाँच्दा नेगेटिभ


धनगढी : कोरोना भाइरस (कोभिड– १९) संक्रमणको आशंका गरिएका रुकुम पश्चिमका दुई पुरुषको रिर्पोट नेगेटिभ आएको छ। यसअघि धनगढी स्थित  प्रयोगशालामा उनीहरूको थ्रोट स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखाएको थियो।

धनगढीको आरटीपीसीआर मेसिनमा परीक्षणका लागि सुर्खेतबाट ९९ जनाका नमूना परीक्षणका लागि धनगढी पठाइएको थियो।

धनगढी प्रयोगशालामा पोजेटिभ देखाएप्छि उनीहरूको थ्रोट स्वाब परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो।

उक्त परीक्षणबाट यी दुवै जनाको रिर्पोट नेगेटिभ आएको हो। उनीहरु रुकुमको  बाँफिकोट गाउँपालिका– ६, का ३६ वर्षीय र ७ नम्बर वडाका ३७ वर्षीय पुरुष हुन।