मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५१ औं स्थापना दिवसको अवसरमा नेविसंघ अछामद्धारा रामारोशनमा खाद्यान्न वितरण

५१ औं स्थापना दिवसको अवसरमा नेविसंघ अछामद्धारा रामारोशनमा खाद्यान्न वितरण


६ बैशाख, रामारोशन ।

नेपाल विद्यार्थी संघ को ५१ औ स्थापना दिवसको अवसरमा नेविसंघ अछामले जिल्लाको रामारोशन गाउँपालिकामा खाद्यान्न बितरण गरेको छ ।

जिल्लामा लकडाउनको बेला समस्या परेका असाहय र अति विपन्न परिवारका विद्यार्थीहरु लाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ ।

रामारोशन गाउँपालिकाको सबै वडाका अप्ठ्यारोमा परेका ८ जना विद्यार्थीलाई शनिबार गाउँपालिकाको मुजाबगरमा १ सय २५ किलो चामल ८ किलो दाल ८ लिटर तेल १६ किलो नुन र साबुन वितरण गरेको नेविसंघ अछामका सदस्य पुष्प बिष्टले बताए ।

बिद्यार्थी नेता बिष्टका अनुसार सामाजिक दुरि कायम गरी राहत वितरण गरिएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावल, कांग्रेस रामारोशनका सचिव पुर्ण बि क, नेपाल विद्यार्थी संघ जिल्ला सदस्य पुष्प बिष्ट, दल ब साउदको लगायतको सहभागीता रहेको थियो ।

नेविसंघ संघले विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस आफु पनि बाँच्न र अरुलाई पनि बचाउन सबैलाई सजग रहन अनुरोध गरेको छ ।

कोरोनाका कारण सामान्य जीवन जिउन अप्ठ्यारो परेकालाई नेविसंघले सहयोग गर्ने जिल्ला सदस्य बिष्टले बताए ।