मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा ८ हजार ६ सय बढिको कोरोना परीक्षण, ८० जनाको रिपोर्ट आउन बाँकी

सुदूरपश्चिममा ८ हजार ६ सय बढिको कोरोना परीक्षण, ८० जनाको रिपोर्ट आउन बाँकी


धनगढी : सुदूरपश्चिम प्रदेशमा ७० दिनको अवधीमा ८ हजार ६ सय बढिको कोरोना परीक्षण गरिएको छ। प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार फागुन १ गतेदेखि कोरोना परीक्षण सुरु भएकोमा अहिले सम्म ८ हजार ६ सय ९४ जनाको कोरोना परीक्षण भएको हो।

प्रदेशभरी पछिल्लो ८ दिनयता कोरोना संंक्रमितको सङख्या भने स्थिर रहको छ। पछिल्लो पटक लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि ६५ बर्षीय महिलामा कोरोना संक्रमण देखिएकोमा त्यसयता कसैमा पनि कोरोना पुष्टि भएको छैन्। सुदूरपश्चिमबाट संकलन गरीएका ८ हजार ७ सय ७४ जनाको थ्रोट स्वाव र रगतको नमूना मध्ये अहिले सम्म पीसीआर विधीबाट दुई हजार ५ सय १७ र ¥यापिड टेस्ट बिधी मार्फत ६ हजार एक सय ७७ जनाको परीक्षण गरिएको छ। ८० जनाको रिपोर्ट भने आउन बाँकी छ। 

प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रंका अनुसार आज सम्म पीसीआर प्रविधिबाट परीक्षण गरिएको मध्ये ५ जना बाहेक दुई हजार ५ सय १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ। यस्तै ¥यापिड टेस्टमा ६ हजार एक सय ७५ को रिपोर्ट नेगेटिभ र दुई जनाको पोजेटिभ आएको छ।

पोजेटिभ आएकाहरुको पीसीआर प्रविधिबाट पुष्टि हुन भने बाँकी छ। अहिले सम्म सबैभन्दा बढि प्रदेशको राजधानी कैलालीमा तीन हजार एक सय १४ जनाको ¥यापिड टेस्ट गरिएको छ। यस्तै कञ्चनपुरमा ५ सय १४, बैतडीमा दुई सय १६, दार्चुलामा चार सय ३९, डडेल्धुरामा १५, डोटीमा ७ सय ५८, बझाङमा चार सय ८६, अछाममा तीन सय ४० र बाजुरामा दुई सय ९५ जनाको ¥यापिड टेस्ट गरिएकोमा एक जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ। 

यस्तै अहिले सम्म विभिन्न अस्पतालको आईसोलेसनमा राखिएका ९८ जनालाई डिस्चार्ज गरिएको छ। उनीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो। अहिले प्रदेशका विभिन्न अस्पतालमा ६ जनालाई आईसोलेसमा राखिएको छ।

जस्मा चार जना कोरोना संक्रमित छन् भने बाँकी एक् जनालाई कोरोनाको आशंकामा अस्पतालमा राखिएको छ। उनीहरुको परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ। यस्तै प्रदेशमा सबै जिल्लामा स्थापना गरिएका विभिन्न क्वारेन्टाईनमा एक हजार चार सय ९० जनालाई राखिएको छ।

dineshkhabar