मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि उदयपुरका ८ जनालाई पठाइयो धरान

कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि उदयपुरका ८ जनालाई पठाइयो धरान


मंगलबार उदयपुरको भुल्केमा ८ जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि उनीहरूलाई आजै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

त्रियुगा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष अबधेस कुमार चौधरीले संक्रमित आठै जनालाई बिहानै दुइटा एम्बुलेन्समा धरान पठाइएको सेतोपाटीलाई जानकारी दिए। अहिले आठै जनलाई आइसोलेसनमा भर्ना गरिएको अस्पतालले जनाएको छ। 

गत शुक्रबार भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये एकैपटक १२ जनामा कोरोना संक्रमण देखिएको थियो। पछि बाँकी चार जनामध्ये थप एकजनामा पनि संक्रमण देखियो। संक्रमित १३ जना नै विराटनगरको कोरोना अस्पतालमा उपचाररत छन्। सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

आज तीनै संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोना संक्रमण देखिएको हो। उनीहरूको कोसी अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षणमा पोजेटिभ देखिएपछि पुनः परीक्षणको लागि धरान पठाइएको छ।

मस्जिदमा रहेका १३ जनामा कोरोना संक्रमण देखिएपछि भोलिपल्टै संक्रमितसँग सम्पर्कमा आएका ६९ जनाको स्वाब परीक्षण गर्न कोसी प्रयोगशाला पठाइएको थियो।

वडाध्यक्ष चौधरीका अनुसार संक्रमित संख्या बढेसँगै सो क्षेत्र अहिले पनि सिल नै गरिएको छ। उनले उक्त वस्तीमा सुरक्षाकर्मी खटिएको बताए। – setopati