मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल-भारत सीमामा २२ हजार सशस्त्र प्रहरी, १२ सय बढी पोष्ट (तस्बिरहरू)

नेपाल-भारत सीमामा २२ हजार सशस्त्र प्रहरी, १२ सय बढी पोष्ट (तस्बिरहरू)


काठमाण्डौँ –

सरकारले लकडाउनलाई कडा पारेसँगै  नेपाल-भारत सीमा सशस्त्र प्रहरीले निगरानी बढाएको छ।

सशस्त्र प्रहरीले ठूलो संख्यामा सीमामा जनशक्ति खटाएको छ।

सामान्य अवस्थामा पनि तराईको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बढी केन्द्रीत थियो। अहिले २२ हजार जना सशस्त्र प्रहरी सीमामा खटिएका छन्। सशस्त्र प्रहरी बलमा ३७ हजार जनशक्ति छ।

यसअघि भारतसँग सीमा जोडिएका तराईका जिल्लामा बढी केन्द्रित रहेको भए पनि अहिले पहाडी क्षेत्रमा समेत सशस्त्र प्रहरीले निगरानी गरिरहेको एआइजी नारायणबाबु थापाले सेतोपाटीलाई बताए।

‘दार्चुलामा नदी भएकाले पहिला मानिसहरू पुल तरेर मात्रै आउथे,’ उनले भने,’अहिले त पौडेर अनि ट्युबको प्रयोग गरेर रातमा पनि आउन थालेका छन्। त्यही भएर सशस्त्र प्रहरी सम्भावित ठाउँमा बस्नु परेको हो।’

यसअघि इलामदेखि कञ्चनपुरसम्म (पुर्वी नवलपरासी बाहेक) सबै जिल्लामा गरी २२ वटा गण थिए। पूर्वी नवलपरासीमा गुल्म थियो। बोर्डरमा बोर्डर पोष्ट थिए भने भन्सारमा गुल्म रहेका थिए। अहिले सशस्त्र प्रहरीले १२ सय १३ स्थान पोष्ट राखेको एआइजी थापाले बताए।

https://raracms.setopati.com/uploads/shares/2020/sastra prahari/sastra (1).jpg

‘पहिला प्रमुख नाम चलेका नाका र जिल्लामा रहेका छोटी भन्सारमा निगरानी गरिन्थ्यो तर अहिले त्यतिले पुगेको छैन। हामीले मानिस आउने सम्भावित नाकामा समेत पोष्ट खडा गरेका छौ,’ थापाले भने,’नदी पर्ने ठाउँ र निकुञ्ज र जंगलबाहेकका ठाउँमा सशस्त्र प्रहरीले चनाखो भएर हेरिरहेको छ। त्यसमा नेपाल प्रहरी र सेनासँग पनि हाम्रो सहकार्य भइरहन्छ।’

ताप्लेजुङदेखि दार्चुलासम्म नेपालको भारतसँग १८ सय ७५ किलोमिटर खुला सीमा छ।

आवश्यकता आधारमा सशस्त्र प्रहरीले डेढदेखि तीन किलोमिटरको दूरीमा पोष्ट खडा गरेको छ।

अस्थाई पोष्टका लागि  घर बनाउने र टिन हाल्न सम्भव नभएकाले विभिन्न समयमा आएका पाल प्रयोग गरिएको एआइजी थापाले बताए।

‘कतिपय ठाउँमा कुनै घर र स्कुललाई पनि अस्थायी पोष्ट बनाइएको छ। तर ४ किलोमिटरसम्म फाँट भएका ठाउँमा समस्या छ,’ उनले भने,’असिना पानी आयो भने समस्या हुन्छ। अब त लामखुट्टे, सर्प र बिच्छीको समेत डर हुने भएकाले हामीले सतर्क भएर काम गर्न भनेका छौं।’

सम्भव भएका ठाउँमा सशस्त्र पोष्टमा रहेका जनशक्ति केही परसम्म खाना खान भेट हुन्छन्। रातिको व्यवस्थापनका लागि टर्च लाइटको दिइएको छ।अस्थायी पोष्टका कारण स्थानीयलाई समस्या नहोस् भनेर अस्थायी रूपमै भए पनि शौचालयलगायतको व्यवस्था गर्न पनि सशस्त्र प्रहरीले भनेको छ।

‘गाडी जाने ठाउँमा जिल्ला सुरक्षा समितिले दिएको गाडी छ। अहिले त सीमा क्षेत्रमा मान्छे नछिरून् भन्ने नै हो। कष्ट सहेर पनि कर्तव्य निर्वाह गर्नु सुरक्षा फौजको दायित्व हो,’ उनले भने।

तल्ला तहका जनशक्तिलाई प्रोत्साहन गर्न र खाना,आराम अनि ड्युटीको सन्तुलन मिलाउनसमेत सशस्त्र प्रहरीले आफ्ना अधिकृतलाई निर्देशन दिएको छ।

एउटा पोष्टबाट अर्को पोष्टमा दुरबिनको सहायताले सशस्त्र प्रहरीले निगरानी गरिरहेको छ। नयाँ मान्छे आउनसाथ सोधपुछ गर्ने र स्थानीयको सहयोगमा उसलाई हिँडडुल गर्न रोक्नेसमेत काम भइरहेको छ।

‘हामीले स्थानीयसँग मिलेर काम गरेका छौं। विश्वव्यापी संकट भएकाले जनताले पनि राम्रो साथ दिएका छन्। उनीहरुले पनि धेरै बुझेका छन्,’ एआइजी थापाले भने,’यताको उता र उताको यता नाता हुने परम्परा छ। तर यो बेलामा उता भएको मान्छे उतै रहन्छ यता रहेको मान्छे यतै रहन्छ। नयाँ मान्छेलाई आउन स्थानीयले पनि रोकेका छन्। आइहाले अलग्गै बस्न लगाउनुपर्छ भन्ने चेतना पनि आइसकेको छ।’

सशस्त्र प्रहरीले आफ्नै जनशक्तिको सुरक्षाका लागि मास्क,सेनिटाइजर उपलब्ध गराएको छ भने गन थर्मोमिटर समेत पोष्टमा राखेको छ। कोही शंकास्पद बिरामीलाई सहयोग गर्न पर्‍यो वा एम्बुलेन्सबाट ल्याउन/लैजान पर्‍यो भने त्यसका लागि पिपिईको पनि व्यवस्था गरिएको छ।

सशस्त्र प्रहरीले मिसनमा रहेका, बिरामी भएकाबाहेक अरू जनशक्तिलाई ड्युटीमै रहन निर्देशन दिइसकेको छ। उनीहरूको विदा पनि कटौती भएको छ। – setopati

https://raracms.setopati.com/uploads/shares/2020/sastra prahari/sastra (1).jpg
https://raracms.setopati.com/uploads/shares/2020/sastra prahari/sastra (1).jpg
https://raracms.setopati.com/uploads/shares/2020/sastra prahari/sastra (1).jpg
https://raracms.setopati.com/uploads/shares/2020/sastra prahari/sastra (1).jpg
https://raracms.setopati.com/uploads/shares/2020/sastra prahari/sastra (1).jpg
https://raracms.setopati.com/uploads/shares/2020/sastra prahari/sastra (1).jpg
https://raracms.setopati.com/uploads/shares/2020/sastra prahari/sastra (1).jpg
https://raracms.setopati.com/uploads/shares/2020/sastra prahari/sastra (1).jpg
https://raracms.setopati.com/uploads/shares/2020/sastra prahari/sastra (1).jpg

सबै तस्बिर : सशस्त्र प्रहरी बलको फेसबुक पेजबाट।