मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा पहिलो पटक एक जनामा एण्टीबडी पोजेटिभ देखियो

अछाममा पहिलो पटक एक जनामा एण्टीबडी पोजेटिभ देखियो


अछाम ।

जिल्लामा पहिलो पटक एक जनामा आरडीटी परिक्षणमा एण्टीबडी पोजेटिभ देखिएको छ । जिल्लाको बान्नीगढी जयगढ़ गाँउपालिकामा आरडीटी टेष्टका क्रममा एक जनामा एण्टीबडी पोजेटिभ देखिएको हो ।

स्वास्थ्य कार्यालय अछामको नेतृत्वमा खटिएको टोलीले गाँउपालिकाका ७१ जनाको आरडिटी परिक्षण गरेको थियो । जसमा एक जनाको एण्टीबडी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

गाँउपालिकामा जिल्ला बाहिरबाट केहि दिन पहिले मात्र ८ जना भित्रिएका थिए । क्वारेण्टाईनमा राखिएका तिनै ८ जना मध्येका एकमा एण्टीबडी पोजेटिभ देखिएको हो ।

कोरोना भए नभएको पुष्टीका लागि स्वाब संकलन गरेर सेती प्रादेशिक प्रयोगशाला पठाईने र हाल उनलाई थप जाँचका लागि बयालपाटा असपतालको आईश्वलेसन वार्डमा राखिने राखिने बताईएको छ ।