मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीमा उपचाररत अर्का व्यक्तिले पनि जिते कोरोना

धनगढीमा उपचाररत अर्का व्यक्तिले पनि जिते कोरोना


निको हुने ७ पुगे

काठमाडौं- धनगढीस्थति सेती प्रादेशिक अस्पतालमा उपचाररत अर्का एक जना व्यक्तिले पनि कोरोना जितेका छन्। 

उनी १९ दिनको उपचारपछि उनी निको भएका हुन्। यो सहित नेपालमा उपचारपछि निको हुनेको संख्या ७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ४० वर्षिय पुरुष उपचारपछि निको भएर डिस्चार्ज भएका हुन्।

कञ्चनपुरको बेदकोट नगरपालिकाका उनको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो।

यसअघि कैलालीको लम्की चुहा नगरपालिकाका २१ बर्षीय युवक र धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय संक्रमित युवक निको भएपछि अस्पतालले डिस्चार्ज गरिसकेको छ। 

अहिले अस्पतालमा धनगढी उप–महानगरपालिका वडा नम्वर ५ कि ३४ बर्षीय महिला र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ६५ बर्षीय महिलाको उपचार भइरहेको छ।

टेकुमा उपचाररत धादिङका एक युवा पनि उपचारपछि निको भएका छन्। उनलाई धादिङको स्थानीय तहसँगको समन्वयमा डिस्चार्ज गर्ने तयारी भएको छ। – swsthyakahabr