मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट हुनसक्ने सम्भावित विनाशलाई कम गर्न संस्थाले हरसम्भव प्रयास गरिरहेको छ : न्याय हेल्थ नेपाल

कोरोनाबाट हुनसक्ने सम्भावित विनाशलाई कम गर्न संस्थाले हरसम्भव प्रयास गरिरहेको छ : न्याय हेल्थ नेपाल


बयालपाटा र चरिकोट अस्पतालमा १ सय ८१ जना संकास्पद बिरामीको परिक्षण

पूर्ण बहादुर खड्का, अछाम

न्याय हेल्थ नेपालले एक प्रेस विज्ञप्ती जारी गर्दे संस्थाद्धारा संचालित अस्पतालहरुमा कोरोना भाइरस (कोविड १९) को अवस्थाको बारेमा जानकारी गराएको छ ।

संस्थाका कार्यकारी निर्देशक एसपी कलौनीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा हालसम्म अस्पतालमा संकास्पद उपचार गराएको बिरामीको संख्या सार्वजनिक गरिएको छ ।

बयालपाटा अस्पतालमा ८० र चरिकोट अस्पतालमा १०१ गरी १ सय ८१ जना संकास्पद बिरामीको उपचार परिक्षण गरिएको छ भने गएको ४८ घण्टामा मात्रै ८ जना बिरामी भर्ना भई उपचार गरिएको न्याय हेल्थ नेपाललले जनाएको छ ।

बयालपाटा अस्पतालबाट ८० र चरिकोट अस्पतालबाट ८ गरी ८९ जनाको कोभिड परिक्षण गरिएका प्राप्त रिपोर्ट अनुसार ८२ जनाको नेगेटिभ देखिएको तथा ७ जनाको रिपोर्ट आउन बाँकी रहेको विज्ञप्ती मार्फत जनाईएको छ ।

हाल बयालापटा अस्पतालमा २ जना संकास्पद बिरामीको उपचार भईरहेको जनाएको छ । जसमा एक जनाको आरडिटी परिक्षणमा एण्टीबडी पोजेटिभ देखिएको बिरामी समेत रहेका विज्ञप्तीमा उल्लेख छ ।

बयालपाटा अस्पतालमा ८ र चरिकोट अस्पतालमा ६ जना गरी १४ जनाको आरडिटी परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको संस्थाद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

८२ जनाको रिपोर्ट नेगेटिभ, ७ जनाको आउन बाँकी

यसका साथै निरन्तर प्रदान गरिने स्वास्थ्य सेवा प्रदान गर्नुका साथै कोरोना भाइरसका कारण देखा परेका चुनौतिहरूलाई कडाइका साथ सामना गर्नुका साथै कोरोना भाइरस (कोविड १९) को कारण हुन सक्ने सम्भावित विनाशलाई कम गर्न संस्थाले हरसम्भव प्रयास गरिरहेको जनाएको छ ।

जसको लागि कोरोना भाईरसलाई लक्षित गरेर संस्थाको व्यावस्थापनमा संचालित सुदूरपश्चिम प्रदेशमा बयालपाटा अस्पताल र चौरपाटी प्राथमिक स्वास्थ्य केन्द्र र बागमती प्रदेशमा चरिकोट अस्पतालमा आइशोलेसन कक्षहरू र ज्वरो ( Covid 19 ) क्लिनिकहरू स्थापना गरिएका संस्थाले जनाएको छ ।

संस्थाद्धारा नियमति संचालित कार्यक्रम, आपूर्ति व्यवस्थापन, कर्मचारी सुरक्षा सम्बन्धित महत्वपूर्ण निर्णय गरि लागु गरिएको कार्यकारी निर्देशक एसपी कलौनीले बताएका छन् ।

आत्मसुरक्षा र संक्रमण रोकथामको बारेमा प्रशिक्षित भई स्वास्थ्यकर्मी कार्यरत रहेको जनाउदै संस्थाले आवश्यकता अनुसार सरकारले अनुरोध गरेको कुनै पनि कार्यका लागि अन्य जनशक्ती पनि तैनाथ अवस्थामा रहेका कार्यकारी निर्देशक कलौनीले बताएका छन् ।

कार्यकारी निर्देशक कलौनीका अनुसार सामुदायिक स्वास्थ्यकर्मीले पनि गाँउगाँउमा फोन मार्फत टाढैबाट गर्भवती महिलाहरु र २ बर्ष मुनिका बच्चाहरु भएका महिलालाई परामर्श दिने, स्थानीय पालिकाहरूलाई आवश्यकता अनुसार सहयोग पुर्याउने र कोविड १९ सम्बन्धि परामर्श दिने कार्य गरिहेका छन् ।

कोविड १९ का संक्रमित बिरामीहरू र आवश्यक सबैका लागि मानसिक स्वास्थ्य सेवा पनि संचालन भईरहेको छ भने अस्पतालमा प्रयोग हुने विद्युतीय प्रणालीमा कोभिड १९ जानकारी दिने बनाइएको संस्थाका वरिष्ठ साझेदारी प्रबन्धक प्रतिष्ठा थापाले बताउनु भयो ।

समुदायमा प्रयोग हुने कमकेयरमा समेत कोविड १९ सम्बन्धि परामर्श मोड्युल थप गरिएको भन्दै थापाले यसले गर्दा समुदायमा भाइरसको विस्तारको अनुगमनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

संस्थाद्धारा संचालित अस्पतालमा रयापिड़ डायग्नोस्टिक टेस्टिंग (आरटीडी) परिक्षण पनि सुरु गरिएको छ भने कोभिड १९ संग जुध्न स्थानीय पालिका, प्रदेश सरकार र संघीय सरकारसँग निरन्तर समन्वय भईरहेको प्रबन्धक थापाले बताउनु भयो ।

विज्ञप्तीको पूर्ण पाठ