मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका एक जनाको आरिडिटी पोजेटिभ देखिए पनि पिसिआर नेगेटिभ

अछामका एक जनाको आरिडिटी पोजेटिभ देखिए पनि पिसिआर नेगेटिभ


अछाम

बान्नीगढी जयगढ गाउँपालिकाका एक २० वर्षीया युवतीको पिसिआर परिक्षमा कोरोना नेगेटिभ आएको छ ।

र्र्या्पिड परिक्षणका क्रममा पोजेटिभ देखिएपछि उनको स्वाव सकलन गरेर धनगढी पठाईएको थियो । धनगढीबाट प्राप्त ल्याब रिपोर्ट अनुसार उनको कोरोना नेगेटिभ आएको न्याय हेल्थ नेपाल बयलपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा। विकास गौचनले बताए ।

डाक्टर गौचनका अनुसार उनि सँगै अन्य ६ जना अन्य संकास्पद व्यक्तीको पनि स्वाब संकलन गरेर धनगढी परिक्षणका लागि पठाइएकोमा सवैको कोरोना नेगेटिभ आएको छ ।

स्वास्थ्य कार्यालय अछामको नेतृत्वमा खटिएको टोलीले तीन अघि बान्नीगढी जयगढ गाउँपालिकाका ७१ जनाको आरडिटि टेस्ट गरिएको थियो ।

रिपोर्ट नेगेटिभ आएपछि ती युवतिलाई डिस्चार्ज गर्ने तयारी भईरहेको बयलपाटा अस्पतालले जनाएको छ ।