मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जन्मदिनमा खड्काले गरे बयालपाटा अस्पताललाई १२ हजार आर्थिक सहयोग

जन्मदिनमा खड्काले गरे बयालपाटा अस्पताललाई १२ हजार आर्थिक सहयोग


पूर्ण बहादुर खड्का, अछाम

नेशनल लाईफ इन्सोरेन्स कम्पनी साँफेबगर शाखाका प्रमुख तथा समाजसेवी दिपक खड्काले आफ्नो जन्म दिनको अवसरमा बयालपाटा अस्पताललाई आर्थिक सहयोग गरेका छन् ।

२९ बर्ष पुरा भई ३० बर्ष प्रबेश गरेको अवसरमा शाखा प्रमुख खड्काले अस्पतालको सहयोगार्थ १२ हजार १२ रुपयाँ आर्थिक सहयोग गरेका हुन् ।

जन्म दिनमा फजुल खर्च गरेर जन्म दिन मनाउनु भन्दा सामाजिक कार्य गर्नु राम्रो भएको भन्दै खड्काले आफुले बयालपाटा अस्पताललाई सहयोग गरको उल्लेख गर्नुभयो ।

जन स्तरबाट बयालपाटा अस्पतालका लागि आर्थिक अभियान सुरु गरिएले आफुले पनि अस्पतालले यस क्षेत्रका जनतालाई दिएको निशुल्क स्वास्थ्य सेवा उल्लेख रहेको भन्दै आफुले सहयोग गरेको बताए ।

कोरोना भाईरस संग जुध्न व्यक्तीगत सुरक्षाका सामाग्री, औषधी र उपकरणको व्यावस्थापनका लागि सामाजिक उत्तरदायित्वको परोपकारी भावनाले जनस्तरबाट अस्पताललाई सहयोगको अभियान थालनी गरिएको छ ।

यसै अवसरमा विभिन्न व्यक्ती तथा संघसस्थाले बयालपाटा अस्पताललाई स्वस्फुर्त सहयोग गरिरहेका छन् ।

अस्पतालको स्वास्थ्य सेवा दिर्घकालिन रुपमा लैजानका लागि यस्ते परोपकारी मनहरुको खाँचो रहेको बयालपाटा अस्पतालका स्वासथ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए ।

परोपकारी भावनाले सहयोग गर्न चाहेमा स्वच्छिक रुपमा सिधैँ न्याय हेल्थ नेपाल, बयालपाटा अस्पतालका निम्न खातामा आर्थिक जम्मा गर्न सकिनेछ।

मेगा बैँक नेपाल, खाता नं. ०३०००१००४२००१ – Nyaya Health Nepal- Bayalpata Hospital
कृषि विकास बैँक, खाता नं. ८२२७००६५०६९४०१९ – Bayalpata Hospital