मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापामा ६२ वर्षीय बृद्धमा देखियो कोरोना संक्रमण

झापामा ६२ वर्षीय बृद्धमा देखियो कोरोना संक्रमण


काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमितका छोरा एक महिना अगाडि मात्र दुबईबाट आएका थिए । तर उनी र उनको आमाको रिपोर्ट नेगेटिभ आएको छ । बुवाको भने पोजेटिभ आएको छ । उनी दमको विरामी भएको र दमकबाट अन्य नगएको परिवारका सदस्यले बताएका छन् ।

यससँगै संक्रमितको संख्या ४९ पुगेको छ । उनीहरु मध्ये १० जना निको भइसकेका छन् ।