मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा भारतसँगको ५३२ किलोमिटर सीमा सील

सुदूरपश्चिममा भारतसँगको ५३२ किलोमिटर सीमा सील

सुदूर आज

धनगढी : कोरोना भाइरस संक्रमणको जोखिम बढेको बेला भारतीय क्षेत्रबाट लुकीछिपी हुनसक्ने ओहोरदोहोरलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीले सुदूरपश्चिममा भारतसँगको ५ सय ३२ किलोमिटर सीमा सील गरेको छ। प्रदेशका पाँच जिल्लामा अस्थायी र स्थायी गरी सय बढि ठाउँमा पोष्ट खडा गर्दै सशस्त्र प्रहरीले सीमा सील गरेको हो।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय, कैलालीका अनुसार प्रदेशभरी दरबन्दीको ६० प्रतिशत सशस्त्र प्रहरी अहिले सीमा क्षेत्रमा खटाईएको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय, कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले भारसंग जोडिएका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाको सीमा क्षेत्र सील गरिएको बताए।

‘अहिले दरबन्दीको ६० प्रतिशत सशस्त्र प्रहरी सीमा क्षेत्रमा खटाएका छौँ। बाँकी ३० प्रतिशत ब्यारेक र २० प्रतिशत भीआईपी लगायतको सुरक्षामा खटाएका छौँ।’ सशस्त्र प्रहरी नायब महानिरीक्षक बुढाथोकीले भने। 

उनका अनुसार पाँच जिल्लाका सीमा क्षेत्रमा मात्रै झण्डै डेढ हजार सशस्त्र प्रहरी परीचालन गरिएको छ। उनले अस्थायी र स्थायी गरि सय बढि स्थानमा टेण्ट र सेन्ट्री स्थापना गरेर दिनरात सीमामा निगरानी सुरु गरिएको बताए।

विगतमा एउटा पोष्टले २० किलोमिटर क्षेत्र हेर्नुपर्ने अवस्था रहेकोमा अहिले दुई किलोमिटरमा एउटा पोष्ट खडा गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय, कैलालीले जनाएको छ। सीमा नाका बन्द रहेको अवस्थामा पनि लुकीछिपी आवागमन नरोकिएपछि सीममा सतर्कता बढाईएको हो। – dineshkhabar