मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरीले कानुनी राज्यको बर्खिलाफ हुने काम गर्यो : कांग्रेस नेता महर

प्रहरीले कानुनी राज्यको बर्खिलाफ हुने काम गर्यो : कांग्रेस नेता महर


नेपाली कांग्रेसका बौद्धिक युवा नेता नैनसिंह महरले सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणमा पिडित पक्षको उजुरी दर्ता नगरेर नेपाल प्रहरीले कानुनी राज्यको बर्खिलाफ हुने काम गरेको बताएका छन् । मिडिया देखि जनस्तरसम्म स्वंय पिडितले समेत आफूलाई अपहरण शैली प्रयोग गरेर काठमाडौं ल्याएको कुरा स्पष्ट भईसक्दा समेत प्रहरीले उजुरी नलिनु दुर्भाग्यपूर्ण कुरा भएको नेता महरले बताएका हुन् ।

कानुन अनुसार अपराधको सूचना नेपाल प्रहरिको जुनसुकै अड्डामा पनि दर्ता गराउन पाईन्छ र प्रारम्भिक कार्यवाही प्रहरिले थाल्नु पर्ने हुन्छ । तर देशका पुर्व प्रधानमन्त्री सहित सजपाका जिम्मेवार नेताहरु अपरणको मुद्दा दर्ता गर्न जादा प्रहरिले दर्ता हुन नसक्ने गैह्र ज़िम्मेवार उत्तर दिनु कानुनी राज्यको वर्खिलाप हो ।, नेता महरले भने ।

यो प्रकरणमा एक उच्च स्तरीय स्वतन्त्र छानविन आयोग वा सर्वदलीय संसदीय छानविन समिति गठन गरेर कारवाही अगाडी बढाउन आवश्यक रहेको नेता महरको भनाई छ ।

मिडिया देखि जनस्तरसम्म अपहरण भनेर आधार सहितको प्रश्न उठीसकेको परिवेशमा “एक उच्च स्तरीय स्वतन्त्र छानविन आयोग वा सर्वदलीय संसदीय छानविन समिति “गठन गरेर कार्यवाही अगाडी बढाउनु आवश्यक छ ।, नेता महर अगाडी भन्छन्, जनसरोकारको बिषय भैसकेकोले सरकारले जनता लाई सत्य तथ्य प्रष्ट पार्ने र दोषी लाई कार्यवाहीको दायरमा ल्याउनपर्छ ।

सांसद अपहरण प्रकरणको उजुरी दर्ता गर्न महानगरीय अपराध महाशाखा पुगेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित जसपाका शीर्ष नेताहरुले बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैं प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा आफूहरुको उजुरी दर्ता नभएको बताएका छन् ।