मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रभु बैंकमा आगलागी

प्रभु बैंकमा आगलागी


चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ। 

विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मी बताए। उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ।

बिहान ११ः २० बजे लागेको आगो ११ः४५ बजे नियन्त्रणमा लिइएको हो। क्षतिको विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिए। -रासस