मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार विरुद्ध कांग्रेस सहित विपक्षी तीन दलको मोर्चाबन्दी, ‘सर्वसत्तावाद’ विरुद्ध लड्ने बाचा

सरकार विरुद्ध कांग्रेस सहित विपक्षी तीन दलको मोर्चाबन्दी, ‘सर्वसत्तावाद’ विरुद्ध लड्ने बाचा


काठमाडौं । तीन विपक्षी दलले सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन् र लोकतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध गरेर संघर्ष गर्ने प्रतिवद्धता जनाएका छन् ।

सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा जनता समाजवादी दल र राप्रपा शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकले सरकार स्वच्छाचारी र सर्वसत्तावादी भएको भन्दै एक भएर संघर्ष गर्ने निर्णय गरेका छन् ।

सरकारकै संलग्नतामा सांसद डा. सुरेन्द्र यादवको अपहरण भएको उनीहरुको दाबी छ ।

बैठकपछि तीन दलका शीर्ष नेताहरुले जारी विज्ञप्तिमा भनिएको छ, ‘यता अपराधिका कार्यको यो बैठक घोर भत्र्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कारबाही अगाडि बढाउन माग गर्दछ ।’

कांग्रेस, जसपा र राप्रपाले लकडाउनका कारण नेपाली अर्थतन्त्रमा परेको असर कम गर्न तत्काल राहत ठोस कार्ययोजना ल्याउन माग गरेका छन् । साथै कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन टेष्टमा असाधारण ढिलासुस्ती भएको भन्दै तीव्रता दिनसमेत माग गरेका छन् ।