मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा कोरोना संक्रमित ३१ लाख ३७ हजार

विश्वमा कोरोना संक्रमित ३१ लाख ३७ हजार


दुई दर्जन देशको यस्तो छ अवस्था

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३१ लाख ३७ हजार पुगेको छ । त्यस्तै मृतकको संख्या २ लाख १८ हजार पुगेको छ । युरोपेली देशहरुमा संक्रमण कम भए पनि अमेरिकामा अझै बढी देखिएको छ । 

अमेरिकामा १० लाख ३६ हजारको संख्यामा संक्रमित भएका छन् भने मृतक ५९ हजार २६६ पुगेका छन् । 

स्पेनमा २ लाख ३२ हजार भन्दा बढी संक्रमित हुँदा २३ हजार ८ सय भन्दा बढीको ज्यान गएको छ । 

इटालीमा २ लाख हजार ५ सयभन्दा बढी संक्रमित हुँदा २७ हजार ३५९ जनाको ज्यान गएको छ । 

फ्रान्समा १ लाख ६५ हजार ९ सय भन्दा बढी संक्रमित हुँदा २३ हजार ६६० बढीको ज्यान गएको छ । 

बेलायतमा १ लाख ६१ हजार भन्दा बढी संक्रमित हुँदा २१ हजार ६७८ जनाको ज्यान गएको छ । 

जर्मनीमा १ लाख ५९ हजार ९१२ जना संक्रमित हुँदा ६ हजार ३१४ जनाको ज्यान गएको छ । 

टर्कीमा १ लाख १४ हजार ६५३ जना संक्रमित हुँदा २ हजार ९९२ जनाको ज्यान गएको छ । 

रुसमा ९३ हजार ५५८ जना संक्रमित हुँदा ८६७ जनाको ज्यान गएको छ । इरानमा ९२ हजार ५५८ जना संक्रमित हुँदा ५ हजार ८७७ जनाको ज्यान गएको छ । 

चीनमा ८२ हजार ८३६ जना संक्रमित हुँदा ४ हजार ६३३ जनाको ज्यान गएको छ । ब्राजिलमा ७२ हजार ८९९ जना संक्रमित हुँदा ५ हजार ६३ जनाको ज्यान गएको छ । 

क्यानाडामा ५० हजार २६ जना संक्रमित हुँदा २ हजार ८५९ जनाको ज्यान गएको छ । बेल्जियममा ४७ हजार ३३४ जना संक्रमित हुँदा ७ हजार ३३१ जनाको ज्यान गएको छ । 

नेदरल्यान्डमा ३८ हजार ४१६ जना संक्रमित हुँदा ४ हजार ५६६ जनाको ज्यान गएको छ । दक्षिण एसियामा कोरोना भाइरसको सबैभन्दा बढी असर खेपिरहेको भारत १५ औं स्थानमा छ । 

भारतमा संक्रमित ३१ हजार ३२४ पुगेका छन् भने मृतक १ हजार ८ पुगेका छन् । पेरुमा ३१ हजार १९० संक्रमित हुँदा ८५४ जनाको ज्यान गएको छ । 

स्वीटजरल्यान्डमा २९ हजार २६४ जना संक्रमित हुँदा १ हजार ६९९ जनाको ज्यान गएको छ । पोर्चुगलमा २४ हजार २५८ जना संक्रमित हुँदा ९४८ जनाको ज्यान गएको छ । 

साउदी अरेबियामा २० हजार ७७ जना संक्रमित हुँदा १५२ जनाको ज्यान गएको छ । सिंगापुरमा १४ हजार ९५१ जना संक्रमित हुँदा १४ जनाको ज्यान गएको छ । 

पाकिस्तनमा १४ हजार ६१२ संक्रमित हुँदा ३१२ जनाको ज्यान गएको छ । जापानमा १३ हजार ७३६ जना संक्रमित हुँदा ३९४ जनाको ज्यान गएको छ । 

कतारमा ११ हजार ९२१ जना संक्रमित हुँदा १० जनाको ज्यान गएको छ । युएईमा ११ हजार ३८० संक्रमित हुँदा ८९ जनाको ज्यान गएको छ । 

त्यस्तै दक्षिण कोरियामा १० हजार ७५२ जना संक्रमित हुँदा २४४ जनाको ज्यान गएको छ ।