मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आस्था, वर्ल्ड भिजन र वाक नेपाल द्वारा अछामका पालिकालाइ स्वास्थ्य सामाग्री हस्तान्तरण

आस्था, वर्ल्ड भिजन र वाक नेपाल द्वारा अछामका पालिकालाइ स्वास्थ्य सामाग्री हस्तान्तरण


अछाम : आस्था नेपाल अछाम र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र वाक नेपाल अछाम द्वारा कोरोना भाईरस नियन्त्रणका लागि आस्था स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

विश्पव्यापी रुपमा फैलिएकको कोरोना भाईरस (COVID-19)  बाट बच्नका लागि तथा उपचार सम्बन्धि महत्वपुर्ण सामाग्रीहरु  आस्था नेपाल, वाक नेपाल र वल्र्ड भिजन इन्टरनेशन नेपालको तर्फबाट आस्था नेपाल अछामको अगुवाइमा जिल्ला व्यावस्थापन समिति, जिल्ला स्वास्थ्य कार्यलय, कमलबजार जगरपालिका र पञ्चदेवल विनायक नगरपालिकामा हस्तान्तरण गरिएको हो ।

जसमा जिल्ला विपद ब्यावस्थापन समिति क्वारेन्टाईन ब्यावस्थापनका लागि लाई ९ रोल पि फर्म , ४० थान बाल्टिन, गरी जम्मा रु १६ हजार ५० बराबरको सामाग्री ,जिल्ला स्वास्थ्य कार्यलयलाई ३० सेट पिपिइ  , र ४ थान  IR Thermometer गरि रु चार लाख तिरासि हजार एक सय नौ रुपैया बराबर को सामाग्री ,   कमलबजार  नगरपालिका  र पञ्चदेवल विनायक नगरपालिकामा ५/५ थान PPE सेट, २००/२०० थान सर्जिकल माक्स, ३५/३५ थान N95 माक्स, १००/१०० थान सर्जिकल ग्लोब्स र ३०/३० वटा ५०० मि.लि को सेनिटाईजर गरि एउटा नगरपालिका लाई जम्मा रु एक लाख चौबिस हजार नौ सय सताईस रुपैया पर्ने गरि दुइटै पालिकालाइ सो बराबरको सामाग्री हस्तान्तरण गरिएको बताइएको छ ।

हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अभिकारी पुण्य बिक्रम पौड्याल ले जिल्ला विपल ब्यावस्थापन समिति क्वारेन्टाईन ब्यावस्थापनका लागि वितरण गरेको सामाग्री अत्यन्त्रै महत्वपुर्ण रहेको र यस सामाग्री लाई उचित प्रयोग मा ल्याउने बताउनु भयो ।

जिल्ला स्वास्थ्य कार्यलय प्रमुख झनकराज ढुंगानाले हाल विश्पव्यापी रुपमा फैलिएकको कोरोना भाईरस (COVID-19)  को उपचारका लागि अत्यन्तै महत्वपुर्ण सामाग्री का रुपमा रहेको PPE  सेट जिल्लामा अभाव रहेका बेला उपलब्ध गराएकोमा साझेदार सस्थालाई धन्यबाद ब्यक्त गर्नुभयो ।

त्यस्तै सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै  कमलमजार नगरपालिकाका नगरप्रमुख ओमप्रकाश  बिष्टले यो विपदको बेला अत्यावश्यक स्वास्थ्य सामाग्री वितरण गरेकोमा साझेदार सस्था लाई आगामि दिनमा प्रमाण प्रत्र सहित योगदानको मुल्याङकन गरिने बताउनु भयो ।

पञ्चदेवल विनायक न.पा का नगर प्रमुख देवराज देवकोटाले साझेदार सस्थाले वितरण गरेका स्वास्थ्य सामाग्री को आवश्यताका आधारमा नगरपालिका भित्र उचित प्रयोग हुनेमा जोड दिनुभयो। उहाले सामाग्री वितरण का लागि सम्पुर्ण सहयोगि निकायलाई धन्यबाद समेत दिनुभयो ।  कार्यक्रमा आस्था नेपालका जिल्ला प्रबन्धक रुप बहादुर चन्द ले विपदको समयमा सामाग्री वितरण गर्नुको उद्देश्य बारे प्रस्ट पार्नुभएको थियो ।

स्वास्थ्य सामाग्री वितरण अन्तर्गत सोहि समयमा वल्र्डभिजन ईन्टरनेशनल नेपाल अछाम जिल्लाको साझेदार सस्था आस्था नेपाल र वाक नेपाल अछामको तर्फबाट बाक नेपाल अछामको अगुवाइमा साफेवगर न.पा र मेल्लेख गा.पा मा पनि सोहि अनुसारको सामाग्री हस्तान्तरण गरिएको थियो ।