पुर्ण बहादुर खड्का, अछाम
जिल्ला अस्पताल अछामको आईश्वलेसनमा भर्ना भएका एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ५ घर भएका ५१ बर्षिय महिलाको निधन भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए ।
बिहिबार बिहान उनको निधन भएको अस्पतालले जनाएको छ ।
उनलाई केहि समय पहिले कोरोना भाईरसको आशंकामा बैशाख १५ अस्पतालको आईश्वलेसन वार्डमा राखिएको थियो ।
कोरोना भाईरसको सामान्य लक्षण ज्वरो आउने, खोकी लाग्ने संकेत देखिएपछि उनलाई आईसुलेशन वार्डमा उपचार सुरु गरिएको डा. शरदचन्द्र बरालले बताए ।
स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाका अनुसार उनको कोरोना भाईरसको आरडिटी परिक्षणको रिपोर्ट नेगेटिभ छ ।
उनको कोरोना भाईरसको पिसिआर परिक्षणको लागि स्वाब संकलन गरेर सुर्खेत पठाईएको स्वास्थ्य प्रमुख ढुंगानाले बताए।

प्रतिक्रिया