मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाकिस्तानी संसदका सभामुखलाई कोरोना संक्रमण, प्रधानमन्त्रीको पनि परीक्षण गरिँदै

पाकिस्तानी संसदका सभामुखलाई कोरोना संक्रमण, प्रधानमन्त्रीको पनि परीक्षण गरिँदै


पाकिस्तानी संसदका सभामुख (स्पिकर) असद कैसरलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।

बीबीसीका अनुसार उनले यसको जानकारी आफैं दिएका छन्। ट्विट गर्दै उनले आफूलाई कोरोना भाइरस संक्रमण देखिएको र घरमा क्वारेन्टाइनमा रहेको जनाएका छन्। उनले सबैलाई सतर्क हुन पनि अनुरोध गरेका छन् ।

कैसरले एक साताअघि मात्रै पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई भेटेका थिए।

अब खानको पनि कोरोना भाइरस परीक्षण हुने अनुमान गरिएको छ।

पाकिस्तानमा अहिलेसम्म १६ हजारभन्दा बढीलाई संक्रमण भइसकेको छ भने करिब ४ हजार निको भएका छन्। त्यसैगरी ३६१ जनाको मृत्यु भएको छ। – nepalsamaya