मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोल्पाको त्रिवेणीमा भेटिएको बम निष्क्रिय पारियो, शवको पोष्टमार्टम दाङमा हुने

रोल्पाको त्रिवेणीमा भेटिएको बम निष्क्रिय पारियो, शवको पोष्टमार्टम दाङमा हुने


रोल्पा – रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बाख्रा चराउन गएका बालबालिकाहरुले भेटेको एउटा बम डिस्पोज गरिएको छ ।

एउटा बम विस्फोट भएको र अर्काे एउटा विस्फोट नभएकाले दहबनबाट गएको सेनाको बम डिस्पोजल टोलीले शुक्तबार बम डिस्पोज गरेको हो । बिहीबार भएको बम विस्फोटमा ज्यान गुमाएका रोल्पाको त्रिवेणी गाउँपालिकाका ४ जना बालबालिकाहरुको शव पोस्टमार्टमका लागि दाङ पठाइएको छ ।

स्थानीय जनप्रतिनिधि, प्रहरी र पीडित परिवारहरुको सहभागितामा मुचुल्का उठाएर शवलाई पोष्ट मार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको त्रिवेणी गाउँपालिका–२ का वडा सदस्यधनबहादुर बस्नेतले जानकारी दिनुभयो । 

यसैबीच प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विज्ञप्ति निकालेर घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई राहतका लागि संघीय सरकारलाई सिफारिस गर्ने बताउनुभएको छ । 

घटनाबारेमा थप बुझ्न प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी घटनास्थल जाँदै गरेको बताइएको छ ।
यस बाहेक अरु पनि बम हुनसक्ने आशंका गरिएको छ । 

विस्फोटमा ज्यान गुमाएकामध्ये दुई बालबालिकाको शव बाटो छेउमा र अरु दुई जनाको खेतभन्दा तल पुगेको थियो । – unn