मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोनाको आशंकामा ३ सय १५ जना रेड जोनमा

नेपालमा कोरोनाको आशंकामा ३ सय १५ जना रेड जोनमा


काठमाडौं- नेपालमा कोरोनाबाट संक्रमित भएको आशंकामा ३ सय १५ जना रेड जोनमा राखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हालसम्म सम्पर्कमा आएका र परिक्षण गरिएका मध्ये ३ सय १५ जनालाई रेड जोनमा राखिएको हो ।

रेड जोनमा राखिएकहरूको स्वास्थ्य अवस्थाबारे स्वास्थ्य महाशाखामार्फत ट्रेसिङको काम भइरहेको उनले जानकारी दिए।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५९ पुगेको छ भने १६ जना निके भएर घर फर्किएका छन् । आइसोलेशनमा राखेर ९४ जनाको उपचार गरिराखिएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसिआरमाध्यम १२ हजार ५ सय ७७ जनाको कोरोना परिक्षण गरिएको छ भने ४७ हजार ७ सय ९७ जनाको र्यापीड टेस्ट गरिएको छ ।

हालसम्म सरकारले सुरू गरेका दुईवटा वेबपेज र मोबाइल एपमा कोरोना भाइरसबारे बुझ्न चाहनेहरुको संख्या करिब ३० हजार पुगेको छ ।

यस्तै हाल नेपालमा २४ हजार ९ सय ७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । – nepalsamaya