मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस स्वतन्त्रताको प्रत्याभुती हुने काम होस् : प्रेस संगठन अछाम

प्रेस स्वतन्त्रताको प्रत्याभुती हुने काम होस् : प्रेस संगठन अछाम


अछाम

प्रेस संगठन नेपाल जिल्ला शाखा अछामले विश्व प्रेस स्वतन्त्रता दिवशको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै सम्पूर्ण पत्रकार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षधर सबैमा शुभकामना व्यक्त गरेको छ ।

संगठनका सहसंयोजक कृष्ण बहादुर बुढाद्धारा जारी प्रेस वक्तव्यमा नागरिकहरूलाई सुसूचित गर्ने कर्ममा रहेकै बेलामा जीवन त्याग गर्ने ज्ञात अज्ञात सहिद पत्रकारहरु प्रति श्रद्धान्जली समेत अर्पण गरिएको छ

पत्रकारको भौतिक, आर्थिक रुपमा सुरक्षाको प्रबन्धमा सम्बन्धित निकायले विशेष ध्यान जान आवश्यक सहसंयोजक बुढाद्धारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ ।

साथै नागरिक स्वतन्त्रासँग जोडिएको प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूत गर्न संगठनले सबैमा अपिल समेत गरेको छ ।