मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्तमान अवस्थामा पत्रकारिता चुनौतीपूर्ण छ : तिमिल्सैना

बर्तमान अवस्थामा पत्रकारिता चुनौतीपूर्ण छ : तिमिल्सैना

पत्रकारहरुलाई हौसला प्रदान गर्नु पर्ने


अभावका बिच आम नागरिकलाई सुसूचित गर्ने कर्तव्यपथमा संचारजगत निरन्तर सक्रिय छ

पूर्ण बहादुर खड्का, अछाम ।

नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष बेदप्रकाश तिमिल्सैनाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा कठिन परिस्थितिमा अभावका बिच आम नागरिकलाई सुसूचित गर्ने कर्तव्यपथमा निरन्तर सक्रिय रहेका संचारकर्मीलाई शुभकामना व्यक्त गरेका छन् ।

पत्रकारिता धर्म निर्वाह गर्ने क्रममा ज्यान उत्सर्ग गर्ने सबै ज्ञात अज्ञात सहिदहरु प्रती तिमिल्सैनाले श्रदासुमन व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघ अछामका सल्लाहकार समेत रहेका तिमिल्सैनाले सामाजिक संजमल मार्फत बिश्वभर महामारिक रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको अभियानमा सक्रिय भएर काम गर्ने अछाम स्थित संचारकर्मीको बिशेष रुपले सम्मान गर्दछु भनेका छन् ।

हाल नेपाली कांग्रेस पार्टीको राजनितिमा सक्रिय रहेका तिमिल्सैनाले करिब दुई दशक लामो पत्रकारिता क्रममा नेपालगन्ज, काठमाडौ हुँदै अछाम सम्म पत्रकारिताको अभियानका क्रममा जाडिएका अग्रज सहित सबैलाई स्मरण गरेका छन् ।

नेपाली काङ्ग्रेस अछामको सहसचीव एवं प्रवक्ताको भुमिका रहेका तिमिल्सैनाले महासंघ अछामको अध्यक्षमा रहँदा प्रेस स्वतन्त्रता पक्षको अभियानमा सक्रिय भएको र सो क्रममा साथ दिने सबैलाई स्मरण गरेका छन् ।

बर्तमान अवस्थामा पत्रकारिता विभिन्न चुनौतीपूर्ण अवस्थाको सामना गर्दै अघि बढिरहेको छ भन्दै तिमिल्सैनाले पहाडमा सबैभन्दा बलियो पत्रकारिताको जग भएको अछाम जिल्लामा पनि पत्रकारिता गर्न चुनौतीपूर्ण नै छ भनेका छन् ।

आफ्नो अभिव्यक्तीमा धेरै जसो अछामलाई मुख्य भुमिकामा राखेका तिमिल्सैनाले जिल्लाका सन्चारमाध्यम र सन्चारकर्मीले कठिनाईको साथ उच्च मनोबलले काम गरिहेका र यसमा सबैको साथको आवश्यक रहेको औल्याएका छन् ।

रातदिन भोकभोकै काम गरिरहेका पत्रकारहरुलाई हौसला प्रदान हुनेगरी कार्यगर्न अछाम स्थित स्थानीय तह र सरोकारवालालाई तिमिल्सैनाले आग्रह गरेका छन् ।