मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमितको संख्या ३५ लाख नाघ्यो, २४ घण्टामा कहाँ के भयो ?

कोरोना संक्रमितको संख्या ३५ लाख नाघ्यो, २४ घण्टामा कहाँ के भयो ?


काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ३५ लाख ३ हजार ५ सय ३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा अर्थात आइतबार मात्रै ८१ हजार ३ सय ३० जना नयाँ संक्रमित थपिएका छन् ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार २ सय १२ देशमा फैलिएको कोरोनाबाट अहिलेसम्म २ लाख ४७ हजार ३ सय ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ४ सय ५१ जनाले ज्यान गुमाएका छन् ।

कोरोनाबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा पछिल्लो २४ घण्टामा २६ हजार ७ सय ३६ जना संक्रमित थपिएका छन् भने १ हजार १ सय ३७ जनाको मृत्यु भएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या ११ लाख ५७ हजार ७ सय ५३ पुगेको छ भने मृतकको संख्या ६७ हजार ६ सय ७४ पुगेको छ ।

यस्तै स्पेनमा आइतबार मात्रै १ हजार ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ भने १ सय ६४ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ४७ हजार १ सय २२ पुगेको छ भने २५ हजार २ सय ६४ जनाको मृत्यु भएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८९ जना संक्रमित थपिएका छन् भने १ सय ७४ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख १० हजार ७ सय १७ पुगेको छ भने मृतकको संख्या २८ हजार ८ सय ८४ पुगेको छ ।

यस्तै बेलायतमा आइतबार मात्रै ४ हजार ३ सय ३९ जना नयाँ संक्रमित थपिदा ३ सय १५ जनाको मृत्यु भएको छ । बेलायतमा अहिलेसम्म १ लाख ८७ हजार ८ सय ४२ संक्रमित हुँदा २८ हजार ५ सय ४० जनाको मृत्यु भएको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा २ सय ९७ जना नयाँ संक्रमित थपिदा १ सय ३५ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ६८ हजार ८ सय १४ जना संक्रमित भएका छन् भने २४ हजार ९ सयको मृत्यु भएको छ ।

जर्मनमीमा आइतबार ६ सय ९७ मा कोरोना पुष्टि भएको छ भने ५४ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या १ लाख ६५ हजार ६ सय ६४ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ८ सय ६६ रहेको छ ।

रुसमा संक्रमितको संख्या १ लाख ३४ हजार ६ सय ८७ पुगेको छ भने १ हजार २ सय ८० जनाको मृत्यु भएको छ । यहाँ पछिल्लो २४ घण्टामा १० हजार ६ सय ३३ जना संक्रमित थपिदा ५८ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ४२ हजार ५ सय ५ पुगेको छ भने मृतकको संख्या १ हजार ३ सय ९१ पुगेको छ । आइतबार मात्रै भारतमा २ हजार ८ सय ६ जना संक्रमित हुँदा ६८ जनाको मृत्यु भएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा १६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७५ पुगेको छ । – nepalsamay