मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिवेश पोखरेल अमेरिकन आइडलको टप टेनमा पुग्ने पहिलो नेपाली

दिवेश पोखरेल अमेरिकन आइडलको टप टेनमा पुग्ने पहिलो नेपाली


बष्टन (अमेरिका) । संगीतप्रेमीहरुको सपनाको रुपमा रहेको रियालिटी शो अमेरिकन आइडलको उत्कृष्ट दशमा दिवेश पोखरेल अर्थात ‘आर्थर गन’ पुगेका छन् ।  अमेरिकन आइडलको लाइभ शोमा छनोट भएर यसरी उत्कृष्ट दशमा पुग्ने उनी पहिलो नेपाली हुन् ।
भोटिङ र उनको प्रस्तुतीका आधारमा दिवेश अर्को राउण्डका लागि छनोट भएका हुन् । 

उनले आफ्नै घरमा आइतबार साँझ गितार बजाउँदै दिएको प्रस्तुतीमा जोन डेन्भरको टेक मि होम कन्ट्री रोड बोलको गीत गाएका थिए ।  उनको घरको व्याकग्राउन्डको एउटा कुनामा नेपाली हिमालको प्रिन्ट देखिएको थियो ।  “यो प्रस्तुतिमा अन्तिमसम्मै म लीन थिएँ,” दिवेशले रिमोटली गरेको यो प्रस्तुतिलगत्तै अमेरिकन आइडलकी निर्णायक तथा चर्चित गायिका केटी पेरीले भनिन्, “तिमीले मलाई हेर्‍यौ अर्थात् क्यामरालाई हेर्‍यौ ।”

गीत गाउँदा आर्थरले दर्शकको आँखामा वा क्यामरामा नहेरेको र यसमा सुधार गर्नुपर्ने सुझाव विगतका प्रस्तुतिहरुमा निर्णायकहरुले दिँदै आएका थिए ।  “आजको प्रस्तुतिमा दिवेशले यो कुरालाई पर्याप्त सुधार गरेका थिए,” निर्णायक केटी पेरीले थपिन्, “आर्थरसँग काम गर्नु रमाइलो थियो ।”
त्यसको प्रत्यूत्तरमा आर्थरले भने, “यो मेरा लागि एकदम महत्वपूर्ण कुरा हो ।”

दिवेशको प्रस्तुतिपछि अर्का निर्णयक लियानेल रिचीले भने निकै उच्च प्रशंसा गरे ।  दिवेशले जोन डेन्भरको गीत गाएको शैली वास्तवमै अकल्पनीयरुपले राम्रो भएको उल्लेख गरे ।  रिचीले भने, “जब तिमीले जन डेन्भरको गीत गायौ जसमा रेगे ट्विस्ट गरिएको वास्तवमै अकल्पनीय थियो माइ फ्रेन्ड ।”
दिवेशलाई उनले अझ हौस्याए, “यो तिमीलाई रेकर्ड बनाउने कुरा हो । म तिमीलाई भन्छु कि तिमीले जे गर्‍यौ मलाई मन परेको छ ।”

त्यसपछि आर्थरले भने, “धन्यवाद, यो मेरो लागि एकदम महत्वपूर्ण कुरा हो ।” कार्यक्रम सुरु हुनुभन्दा अगाडि आर्थरले उनको अफिसियल इन्स्टाग्राममा के तपाईँ सरप्र्राइजको लागि तयार हुनुहुन्छ ? हामी त्यहाँ पुग्नै लाग्यौं भनेका थिए । 

उक्त पोष्टमा आफूलाई सोमबार बिहान नौ बजेसम्म भोट हाल्न आफ्ना स्रोता र फलोअरलाई आग्रह गरेका थिए । 

कोरोनाभाइरसको बन्दाबन्दी नभएको भए आर्थर भोट माग्न र प्रस्तुतिहरु गर्न अमेरिकाका विभिन्न सहर जाने कार्यक्रम थियो । “उनलाई बोष्टन बोलाउने योजना हाम्रो थियो,” बोष्टनमा सांगीतिक कार्यक्रमहरुको इभेन्ट आयोजक तथा गीतकार सुरेश वाग्लेले भने, “मिति मात्र तय हुन बाँकी थियो, बीचमा कोभिड आयो ।”

उनले यस्तो लेखे, “ल हामी शीर्ष दशमा पुग्यौं । शुरुदेखीनै सहयोग गर्ने सबैजनालाई धन्यवाद ।  संसारभरीबाट प्राप्त भएको यस्तो विशाल समर्थनलाई म कति कदर गर्छु भन्ने कुरा व्यक्त गर्न शब्दले न्याय गर्ने छैनन् । भोट गर्नुभएकोमा धन्यवाद । यहाँ उभिनका लागि र तपाईँको खुल्ला कान मतिर पाउनु भनेको कुनै सपना भन्दा धेरै परको कुरा हो । मैले धेरै राम्रा संगीतकारहरु कलाकारहरु खाली हलहरुमा र थोरै कानहरुका लागि सडकमा बजाइरहेको देखेको छु । म धन्य छु, तपाईंहरुका लागि गाउन पाउनु र मेरो आवाज सुनिनु ।” – बारह्खरी