मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा रहेका अछामी विद्यार्थीलाई समाजसेवी शाहले कोठामै पुगेर राहत वितरण गरे

काठमाडौंमा रहेका अछामी विद्यार्थीलाई समाजसेवी शाहले कोठामै पुगेर राहत वितरण गरे


काठमाडौं

पढाईको शिलशिलामा अछामबाट काडमाठौंमा आएर लकडाउनको कारणले समस्यामा परेका विद्यार्थीलाई कोठामै गएर राहत सामग्री वितरण गरिएको छ।

राजधानीका विभिन्न शैक्षिक सस्थाहरुमा अध्ययनरत विद्यार्थीलाई समाजसेवी राजेन्द्रबहादुर शाहले कोठमै गएर राहत रामग्री वितरण गरेका छन्।

अछाम घर भई राजधानीमा बस्दै आएका समाजसेवी शाहले व्यक्तिगत रुपमा विद्यार्थीलाई चामल र दाल तथा कसैलाई आवश्यकताका आधारमा नगद रुपैयाँसमेत सहयोग प्रदान गरेका छन्।

करिव डेढ महिना लामो लकडाउनका कारणले विद्यार्थीलाई जीवनयापन गर्न निकै समस्या परेकोले उनीहरु बस्ने कोठामै पुगेर राहत वितरण गर्दै आएको शाहले बताए।

सोमबार शाह, अधिवक्ता बिक्रम कुँवर, पत्रकार शिवराज खत्री, विद्यार्थी रमेश कुँवर, तिलक बटालालगायतको टोलीले कृतिपुर, बालकुमारी, ग्वार्को, कोटेश्वर, लैनचौर, मैतिदेवी, घट्टेकुलोलगायतका स्थानमा बस्ने विद्यार्थीलाई राहत सामग्री वितरण गरेको छ।

शाहले समस्यामा परेकाहरुलाई राहत वितरण गर्नुका साथै असहाय, विपन्न परिवारका बालबालिका तथा युवाहरुलाई आफ्नै खर्चमा पढाउने काम पनि गर्दै आएका छन्।

लामो समय देखि समाजेवामा सक्रिय शाहले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि अछामको बयालपाटा अस्पताललाई करिव दुई लाख बराबरको स्वास्थ्य सामग्री केही दिन पहिले प्रदान गरेका थिए।