मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेनका ६ वडामा २ सय ५६ ब्यक्तिलाई खाद्यान्न सामाग्री वितरण

मंगलसेनका ६ वडामा २ सय ५६ ब्यक्तिलाई खाद्यान्न सामाग्री वितरण


कमल रावल, बैशाख २२ अछाम

मंगलसेन नगरपालिका वडा नम्बर 3, ६, ७, ९, १० र ११ मा राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

लकडाउनको बेला समस्यामा परेका अति गरिब, विपन्न, असहाय वर्गका परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

6 वटै वडाका २ सय ५६ ब्यक्तिलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो । वडा नम्बर ६ को ठुलासैनमा समाजिक दुरि कायम गर्दै वडा नम्बर ६ का ७७ ब्यक्तिलाई १५ क्विन्टल बढि चामल, दाल, नुन, तेल र साबुन वितरण गरिएको वडा अध्यक्ष जनकराज भण्डारीले बताउनु भयो ।

यसअघि पनि पनि युवा व्यावसायि मंगलसेन ५ निवासि तेज प्रसाद ढुगाँनाको सहयोगमा २३ जनालाई राहत वितरण गरिएको थियो । आगामि दिनमा तेस्रो चरण अन्र्तगत अपाग भएका ब्यक्तिलाई राहत दिने गरि नगरमा सिफारिस गरिएको, वडामा राहत दिने सहकारी, ब्यक्ति दिने ब्यक्ति, सुरक्षाकर्मि, संञ्चारकर्मि सबैलाई वडाले बैठक मार्फत धन्यवाद समेत ज्ञापन गरेको वडा अध्यक्ष भण्डारीले बताउनु भयो ।

वितरण कार्यमा कार्यपालिका सदस्य भावना बिक, काग्रेस वडा सभापती हेमराज भण्डारी, वडा सदस्य, प्रहरी, कर्मचारी लगाएतको सहभागिता रहेको थियो । वडा नम्बर ७ जनालिवण्डालीमा ४२ घर परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

वडामा साढे १० क्विन्टल चामल, ५ किलो दाल, ३९ लिटर तेल, ४९ केजि नुन र ४९ पिस साबुन वितरण गरिएको वडा सचिव नन्दराज ढुगाँनाले जानकारी दिनु भयो । सामाजिक दुरि कायम गर्दै वडा अध्यक्ष सिद्धराज ढुगाँनाको अध्यक्षतामा भएको वितरण कार्यक्रममा सविधान सभा सदस्य भैरे कामि, नेपाली काग्रेस अछामका सचिब नम बहादुर शाही, नेकपा वडा कमिटी अध्यक्ष कालुसिह विक, काग्रेस वडा सभापती पदम थ्यायतको सहभागिता रहेको थियो ।

वडा नम्बर ९ वलिगाउमा २९ ब्यक्तिलाई राहत वितरण गरिएको छ । वडा अध्यक्ष झपट बहादुर रावल, वडा सदस्य लगाएतको सहभागितामा चामल ७ क्विन्टल १० केजि, दाल ५५ केजि, तेल साढे २३ लटिर, नुन ३७ केजि र साबुन ३७ पिस वितरण गरिईएको बताईएको छ ।

वडा नम्बर १० जुपुमा २३ जनालाई वडा अध्यक्ष नेत्र बहादुर रावल लगाएतको सहभागितामा चामल ५ क्विन्टल ४५ केजि, दाल ४० केजि, तेल १ लिटर, नुन २७ केजि र साबुन २७ पिस वितरण गरिएको खबर रहेको छ ।

यस्तै वडा नम्बर ११ का अध्यक्ष डबलसिंह भण्डारी लगाएतको सहभागितामा २३ जनालाई चामल ५ सय ४० केजि, दाल ३९ केजि, तेल १७ लिटर, नुन २८ केजि र साबुन २८ पिस वितरण गरिएको वडा सचिव दिल बहादुर बोहराले जानकारी दिनु भयो ।

यस्तै मंगलसेन नगरपालीका वडा नम्बर ३ ले वडाका ६२ घर परिवारलाई राहात स्वरुप खाद्यान्न वितरण गरेको छ । वडाका विभिन्न टोलमा लकडानका कारण समस्यामा परेका बिपन्न तथा मजदुरी गरीखाने वर्गलाई वडाध्यक्ष पदमसिंह भाट, नगरपालीकाका प्रमुख प्रशाशकीय अधिकृत ओमकार शाह, वडा सदस्य लगायतको उपस्थीतीमा राहात स्वरुप आज खाद्यान्न वितरण गरीएको हो ।