मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा संचारकर्मीका लागि राहत कोष स्थापना गरिने

अछाममा संचारकर्मीका लागि राहत कोष स्थापना गरिने


अछाम

अछाम जिल्लाका पत्रकारले यतिबेलाको समयमा सम्बन्धित निकायले पत्रकारका लागि राहतका प्याकेज सहित सुरक्षा सामाग्री उपलब्ध गराउन माग गरेका छन ।

नेपाल पत्रकार महासंघ अछाम शाखाको संयोजकत्वमा जिल्लामा क्रियाशिल पत्रकारका संगठन प्रेस संगठन नेपाल र प्रेस युनियन अछामको आयोजनामा भएको बैठकले महामारीको रुपमा फैलिरहेको कोरोनाभाईरस कोभिड १९ को कारण लकडाउन अर्थात बन्दाबन्दी भएका बेला दैनिक खटेर काम गर्ने पत्रकारलाई आर्थिक अभाब हुने भएकाले राहत कोष स्थापना निर्णय गरेको छ ।

पत्रकार महासंघ अछामका कार्यबाहक अध्यक्ष खम्म खत्रिको अध्यक्षतामा बसेको बैठकले यतिबेला राहत कोषमा सहयोगका लागि अछामका १० वटै स्थानिय तह, जिल्ला प्रशासन, जिल्ला समन्वय समिती, गैसस महासंघ, उद्योग वाणिज्य संघ, निर्माण ब्याबसायि संघ, उद्योगि, व्यापारि, जनप्रतिनीधीलाई अनुरोध गर्ने निर्णय भएको छ ।

साथै यस बिषय परिस्थितीमा जोखिम न्युनिरकणका लागि संञ्चार गृह, एफएम रेडियो, अनलाईन तथा छापा, राष्टिय संञ्चार माध्याममा कार्यरत पत्रकार अग्र मोर्चामा रहेर काम गरिरहेकाले धन्यवाद ज्ञापन गर्नुका साथै रिपोर्टिगमा नियमित खट्निे पत्रकारलाई आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्री मात्र प्रयोग गरेर खटाउन सम्बन्धित मिडिया हाउसले आवश्यक ब्याबस्थापन गर्ने निर्णय गरिएको छ ।

सामाजिक दुरि कायम गर्दै ठुलासैनमा भएको बैठकमा नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष तथा वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारी, प्रेस संगठन अछामका सह संयोजक कृष्ण बहादुर बुढा, प्रेष युनियन अछामका अध्यक्ष टँक प्रसाद रिमाल लगाएत जिल्ला स्थित सबै पत्रकारको उपस्थिती रहेको थियो ।