मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा संक्रमितको सङख्या ८२ पुग्यो

नेपालमा संक्रमितको सङख्या ८२ पुग्यो


थप ७ जनामा कोरोना संक्रमण

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले थप ७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो।

मन्त्रालयका अनुसार नेपालगञ्ज–८ का तीन जना पुरष र चार महिलामा कोरोना पुष्टि भएको हो। २२, ३० र ४० बर्षका पुरुष र ९, ३२, ३४ र ५५ बर्षका महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

यसअघि बाँकेमा १६ जना संक्रमित फेला परेका थिए। संक्रमितको संख्या ह्वात्तै बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।