मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जयगढ–रामारोशन सडकमा ९३ करोडको ठेक्का

जयगढ–रामारोशन सडकमा ९३ करोडको ठेक्का


अछाम ।
जयगढ–रामारोशन सडक खण्डका लागि ९३ करोडको ठेक्का थप भएको छ । पुूर्वाधार विकास कार्यालय अछामले ९३ करोड ठेक्का निकालेको कार्यालय प्रमुख ईन्जिनियर जंग बहादुर थापाले जानकारी दिनु भएको छ । यो आर्थिक बर्षमा संघ र प्रदेशबाट उक्क्त रकम विनियोजन गरिएको हो । कार्यालयले आईतबार सार्वजनिक सूचना मार्फत ३० दिने ठेक्का खोलेको हो ।

अब जयगढ–रामारोशन सम्म कालोपत्रेका लागि १ अरब ४१ करोड रकम विनियोजन भएको छ । जयगढ देखि रामारोशन सम्म ४२ किलोमिटर कालोपत्रे गर्ने गरि यो रकम प्रदेश र संघ सरकारबाट विनियोजन भएको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले जानकारी दिनु भयो ।

जयगढ देखि रामारोशन सम्म सडक ३ बर्ष भित्र कालोपत्रे गरि सक्ने योजना रहेको छ । प्रदेश सरकारको बहुबर्षिय योजनामा परेको यो सडकमा करिब १९ किलोमिटरको काम शुरु भइसकेको छ । जयगढ देखि मुजाबगर सम्मको करिब १९ किलोमिटर कालोपत्रेका लागि प्रदेश सरकारबाट ४८ करोड विनियोजन भएको थियो ।

जयगढ देखि मुजाबगर सम्म दुई चरणमा काम हुँदै आएको जनाईएको छ । सम्पुरक अनुदानको बजेटबाट यो आर्थिक बर्षमा संघ र प्रदेश बाट ९३ करोड रकम विनियोजन भएको छ ।

यो रकम ५० प्रतिशत संघ र ५० प्रतिशत प्रदेश सरकारको रहेको मन्त्री बोहराको भनाई रहेको छ । जयगढ देखि मुजाबगर सुरु भएर सडक चौडा बनाउने काम भइरहेको पूर्वाधार विकास कार्यालय अछामका प्रमुख थापाले रेडियो जनप्रियलाई जानकारी दिनु भयो ।

उहाँले लगडाउनका कारण समस्या आएको बताउनु भयो । तीन वर्ष भित्र सम्पन्न गर्ने गरी उक्त सडकको काम तिव्र रुपमा भईरहेको उहाँको भनाई रहेको छ । यो सडक कालोपत्र भएमा अछाम जिल्लाको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने देखिन्छ ।