कोरोना भाइरसको संक्रमणबाट निको भयर घर फर्केका दुई जनाको पुनः पोजेटिभ रिपोर्ट आएको छ ।
वीरगन्जस्थित नारायणी अस्पतालबाट निको भएर डिस्चार्ज भएका रौतहटका १९ वर्षीय युवक र वीरगन्जमा जमाती आएका४४ वर्षिय एक भारतीय नागरिकको रिपोर्ट पुनः पोजेटिभ आएको हो ।
वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालका मेसु मदन उपाध्यायका अनुसार उनीहरु दुवै नियमित फलोअपको लागि अस्पताल आउँदा कोरोना पोजेटिभ देखिएको हो।
उनीहरुमा कुनै लक्षण देखिएको छैन र स्वास्थ्य अवस्था सामान्य छ। उनीहरुलाई नारायणी अस्पतालको आइसोलेसनमा राखेर पुनः उपचार थालिएको छ ।
प्रतिक्रिया