मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट एकै दिनमा ९५ हजार संक्रमित

कोरोनाबाट एकै दिनमा ९५ हजार संक्रमित


मृतकको संख्या २ लाख ६३ हजार नाघ्यो

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट एकै दिनमा (बुधबार) ९५ हजार ३ सय २५ जना संक्रमित भएका छन् । २४ घण्टामा ६ हजार ८ सय ११ जनाले ज्यान गुमाएका छन् ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार २ सय १२ फैलिएको कोरोनाबाट अहिलेसम्म ३६ लाख ५१ हजार ६९ जना संक्रमित भएका छन् । २ लाख ६३ हजार ३ सय ४६ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा पछिल्लो २४ घण्टामा २५ हजार ४ सय ५९ जना संक्रमित थपिएका छन् भने २ हजार ५ सय २८ जनाको मृत्यु भएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या १२ लाख २८ हजार २ सय १४ पुगेको छ भने मृतकको संख्या ७३ हजार २ सय ७ पुगेको छ ।

यस्तै स्पेनमा बुधबार मात्रै ३ हजार १ सय २१ जनामा संक्रमण पुष्टि भएको छ भने २ सय ४४ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ५३ हजार ६ सय ८२ पुगेको छ भने २५ हजार ८ सय ५७ जनाको मृत्यु भएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४४ जना संक्रमित थपिएका छन् भने ३ सय ६९ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख १४ हजार ४ सय ५७ पुगेको छ भने मृतकको संख्या २९ हजार ६ सय ८४ पुुगेको छ ।

यस्तै बेलायतमा बुधबार मात्रै ६ हजार १ सय ११ जना नयाँ संक्रमित थपिदा ६ सय ४९ जनाको मृत्यु भएको छ । बेलायतमा अहिलेसम्म २ लाख २ हजार ३ सय ५९ संक्रमित हुँदा ३० हजार १ सय ५० जनाको मृत्यु भएको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ४० जना नयाँ संक्रमित थपिदा २ सय ७८ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ७४ हजार २ सय २४ जना संक्रमित भएका छन् भने २५ हजार ८ सय १२ जनाको मृत्यु भएको छ ।

जर्मनमीमा बुधबार १ हजार १ सय ५५ जनामा कोरोना पुष्टि भएको छ भने २ सय ८२ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या १ लाख ६८ हजार १ सय ६२ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार २ सय ७५ रहेको छ ।

रुसमा संक्रमितको संख्या १ लाख ६५ हजार ९ सय २९ पुगेको छ भने १ हजार ५ सय ३७ जनाको मृत्यु भएको छ । यहाँ पछिल्लो २४ घण्टामा १० हजार ५ सय ५९ जना संक्रमित थपिदा ८६ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ५२ हजार ५ सय ८७ पुगेको छ भने मृतकको संख्या १ हजार ७ सय ८५ पुगेको छ । बुधबार मात्रै भारतमा ३ हजार ५ सय ८७ जना संक्रमित हुँदा ९२ जनाको मृत्यु भएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा १७ जना कोरोनाको संक्रमत पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या ९९ पुगेको छ । – नेपाल समय