मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिभरपुलको प्रदर्शन उत्कृष्ट

लिभरपुलको प्रदर्शन उत्कृष्ट


एजेन्सी – प्रिमियर लिग फुटबलमा लिभरपुलका लागि यो सिजन उत्कृष्ट भयो । लिभरपुलले यो सिजन एक खेलमा मात्र पराजित हुनुपर्यो । लिभरपुलले खेलेका २९ प्रिमियर लिगमा २७ खेलमा जित निकालेको छ भने एक खेलमा बराबरी र एकमा पराजित भएको छ । 

यो सिजन लिभरपुलले गरेको प्रदर्शनले साबिक विजेता म्यान्चेस्टर सिटी धेरै अंकले पछि छ । यो सिजन सिटीले सोचेअनुरूप प्रदर्शन गर्न भने सकेन । 

सिटीका मिडफिल्डर रोर्डी पनि यो सिजन लिभरपुलको प्रदर्शन उत्कृष्ट भएको बताएका छन् । उनले सिटी सोही लेभलमा जान अझै धेरै मिहिनेत गर्नुपर्ने बताए । 

“लिभरपुका लागि यो सिजन उत्कृष्ट भयो । हामीले सोचेअनुरूप खेल्न सकेनौं । लिभरपुलले यो सिजन जसरी पनि प्रिमियर लिग फुटबलको उपाधि जित्नुपर्छ भन्ने तवरले लागेका थिए । त्यसैले उनीहरूलाई सफलता दिलायो,” रोर्डीेले स्काइ स्पोर्टस्सँगको कुराकानीमा भने ।