मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शान्तिको सन्देश फिजाई अब, बुद्धगित गाउनु छ

शान्तिको सन्देश फिजाई अब, बुद्धगित गाउनु छ


  • अमरदिप शर्मा

फर्कने फूल फर्के रै गयो, बनचरी रमायो
भाग्यको भरमा बाचेको जिवन, भाईरसले समायो
नगर्नु भलो कसैको यहाँ, उदास भयो मन
के गरि खानु खै कता जानु, उराठ रनबन

वा हुने पारा हासोको चारा, झस्किने मस्किने
उसकै मनको नभए सम्म, के सारो ठस्किने
भनेर हुन्न गरेर देखाउ, के गर्न खोजेको
यत्तिकै होईन भन्ने छु म त, मतान्तर रोजेको

देखेकै थिए विकास सङ्गै, विनास आएको
करोडौ मान्छे मार्न कै निम्ति, रोग व्याधी छाएको
प्रवृती सच्याई प्रकृती सङ्ग, मितेरी लाउनु छ
शान्तिको सन्देश फिजाई अब, बुद्धगित गाउनु छ !!