मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिपुलेक हुँदै मानसरोवर जाने बाटो खुला

लिपुलेक हुँदै मानसरोवर जाने बाटो खुला


काठमाडौं । भारतले नेपालको लिपुलेक हुँदै चीनको मानसरोवर जाने बाटो खुला गरेको छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्स मार्फत् उक्त सडकमार्गको उद्‌घाटन गरेका हुन् । 

रक्षामन्त्री सिंहले बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले निर्माण गरेको सडक सञ्‍जालको शुक्रबार उद्‌घाटन गरिएको ट्‍विटमार्फत् जनाएका छन् । 

उनले भारतको उतराखण्डको धार्चुला क्षेत्रको पिथौरागढदेखि नेपालको दार्चुलाको गुन्जी क्षेत्र हुँदै लिपुलेक पुग्‍ने सडक मार्गको निर्माण गर्ने बीआरओलाई धन्यवादसमेत व्यक्त गरेका छन् । 

यसअघि भारतले नोभेम्बर २०१९ मा एक राजनीतिक नक्सा सार्वजनिक गर्दै नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा वैधानिकरुपमा आफ्नो बनाएको थियो । नेपालमा त्यसको चर्को विरोध भए पनि उक्त नक्सा सच्याइएको छैन । उल्टै सोही क्षेत्र हुँदै नेपालसँगको परामर्शबिना उक्त सडक मार्ग सञ्‍चालन गरिएको छ । – baarahkhari