मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुद्धको छातीमा, को दगुरी आयो ?

बुद्धको छातीमा, को दगुरी आयो ?


  • धिरज स्मृतिपवन

घाटमा मुर्दाहरु बिच य‍ो मन्जुरी आयो
“अब सोझा बन्नुपर्छ पर यमपुरी आयो”

बेला बेलामा हल्लिरहन्छ मेरो देश
बुद्धको छातीमा, को दगुरी आयो ?

सधैं रङ्गिनु रहेछ यो गर्धनलाई पनि
पहिला फूलमाला, पछि खुकुरी आयो

सपनामा हिमाल जलेको खबर सुनेँ
बिहान रुदाँरुदैँ खाडीमा कस्तुरी आयो

जिन्दगीले माथि एकै ठाउँ टेकेको बेला
भुइँमा दुई खुट्टा बिचमा पनि दुरी आयो

पवनलाई दखल पुर्याएको अभियोगमा
स्मृतिले जेल जानुपर्ने सुचना जरुरी आयो