मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा १९ सय ८६ को मृत्यु

भारतमा १९ सय ८६ को मृत्यु


काठमाडौं- तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा दिनहुँ कम्तिमा ३ हजार ३ सय नयाँ संक्रमित थपिने गरेका छन् ।

पछिल्लो एक साताको तथ्यांकअनुसार औसतमा प्रत्येक दिन ३ हजार ३ सय ब्यक्तिमा संक्रमण पुष्टि हुने गरेको छ । शुक्रबार मात्रै ३ हजार ३ सय ३९ जना संक्रमित थपिए भने बिहीबार ३ हजार ३ सय ४४ जनामा संक्रमण पुष्टि भएको थियो ।

यस्तै बुधबार ३ हजार ६ सय २, बुधबार २ हजार ९ सय ७१, मंगलबार ३ हजार ६ सय, सोमबार ३ हजार ६ सय ५६ र आइतबार २ हजार ९ सय ५२ जना संक्रमित भेटिएका थिए ।

भारतमा अहिलेसम्म कोरोनाबाट ५९ हजार ६ सय ९५ जना संक्रमित भएका छन् भने १ हजार ९ सय ८६ जनाको मृत्यु भएको छ ।

संक्रमित र मृतकको संख्या सबैभन्दा बढि महाराष्ट्रमा रहेको छ । जहाँ १९ हजार ६३ संक्रमित भएका छन् भने ७ सय ३१ को मृत्यु भएको छ । यस्तै गुजरातमा ७ हजार ४ सय ३ जनामा संक्रमण पुष्टि भएको छ भने ४ सय ४९ जनाको मृत्यु भएको छ ।

दिल्लीमा ६ हजार ३ सय १८ जना संक्रमित हुँदा ६८ जनाको मृत्यु भएको छ । तमिलनाडुमा ६ हजार ९ जनामा संक्रमण पुष्टि हुँदा ४० जनाको मृत्यु भएको छ ।

राजस्थानमा ३ हजार ५ सय ७९ जना संक्रमित भएका छन् भने १ सय ३ जनाको मृत्यु भएको छ । मध्यप्रदेशमा ३ हजार ३ सय ४१ जनामा संक्रमण पुष्टि हुँदा २ सय जनाको मृत्यु भएको छ । – nepalsamaya