मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अश्मिता !!

अश्मिता !!


  • अमरदिप शर्मा

बुढिगङ्गाको धारको अनुशासन,
अनि वायु प्रवाहको प्रशासन
मेरो प्रकृतिको अश्मिता जोगाउन
प्रवृतिलाई खुट्टा ढोगाउन
जाग्ने गर्छन घरी घरी !

फुल र पुतली झरेको पनि त देखिन्छ
बिजको सम्बाहन फेरि, यसैमा लेखिन्छ
जहा दृष्टी त्यहा भ्रम हो कि कतै
अश्मिता बचाउने खेल हेर जता ततै
सोच्छु र हास्छु मरि मरि !

हो प्रकृती र प्रवृती फरक नै हो
लेखेको ज्ञान देखेर मात्तिए झै हो
तर अश्मिता जोगिएन भने, धर्मको त्यसरी
भासिन्छ सभ्यता र उदाउछ बाच्ने कला जसरी
मेरो शास्त्रको सिद्दान्त छैन थरी थरी !

तिमिले आदेश लिएकै हो अश्मिता जोगाउन
आदेश थिएन तिमिलाई यो पल भोगाउन
आज देश सम्झी रुने एक नेपाली छ भने पनि
रुनै पर्छ तिमिले अश्मिता जोगाउनै छ भनी
कानुन दिवश मै म कानुन पढाउ कसरि !

मेरो पुर्खाको आगनमा, उभिएको सपना
देशको सिमाना, मेरो बैरी भएको सम्झना
र मैले अश्मिता जोगाउनु पर्ने त्यो चौतारिमा
लुटिनेछ तिम्रो अश्मिता छताछुल्ल दौतरीमा
अनि फर्किनु फेरि हिजोकै, क्रान्ती जसरी !